ला लिगामा आज आठ खेल हुँदै: बार्सिलोनाको तगारो बन्दैछ सेल्टाभिगो

पुस ७, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोनाले आज लिगको १७औं खेल खेल्दैछ । उसले यो खेलका लागि लिगको दशौं स्थानको सेल्टा भिगोलाई आफ्नो घर क्याम्प नोउमा भित्र्याउँदैछ । 

बार्सिलोनाले लिगमा हालसम्म १६ खेलबाट ३४ अंक बनाएर शीर्ष स्थानमा बसेको छ । त्यसक्रममा उसले १० खेल जितेर ४ खेल बराबरी गर्दा २ खेल हारेको छ । 

आज आफ्नो घरमा खेल हुने भएकाले एकातिर बार्सिलोनालाई घरेलु मैदान र दर्शकको साथ हुनेछ भने अर्कारितर ऊ दबाबमा पनि हुनेछ । लिगमा अग्रता कायमै राख्न उसका लागि आज जित जरुरी छ । 

null

 

हाल लिगको दशौं स्थानमा रहेको सेल्टा भने आज बार्सिलोनाको घरमा उत्रिँदा जितको खोजीमा हुनेछ । आजको खेल जितेर ऊ अंक तालिकामा फड्को मार्ने योजनामा रहेको छ । 

त्यसका लागि उसले लिग लिडर बार्सिलोनालाई उसकै घरमा हराउन सबैखाले अस्त्र प्रयोग गर्नेछ । खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै सेल्टाका प्रशिक्षकले बार्सिलोनाको घरमा आफूहरूले अंक खोस्न प्रयास गर्ने बताएका छन् । 

यता, बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले भने सेल्टाविरुद्धको खेल कठिन हुने बताउँदै सावधान भएर खेल्ने बतााएका छन् । आजको खेलमा बार्सिलोनाका कप्तान लिओनल मेस्सी दुई कोसेढुंगा सामु हुनेछन् । यदि आज उनले सेल्टाविरुद्ध ह्याट्रिक गरे उनले ला लिगामा ४००औं गोलको कोसेढुंगा पूरा गर्नेछन् भने अर्कातिर करिअरको ५०औं ह्याट्रिक पनि पूरा गर्नेछन् । 

खेल बार्सिलोनाको घर क्याम्प नोउमा आज राति ११ः१५ बजेबाट सुरु हुनेछ । लिगमा आज अन्य खेल पनि हुँदैछन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *