समायोजन अध्यादेश स्वीकृत, आगामी सातादेखि कर्मचारी समायोजन सुरु हुने

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले कर्मचारी समायोजन अध्यादेश स्वीकृत गरेको छ । सोमबार अबेरसम्म बसेको बैठकले स्थानीय तह र प्रदेशमा निजामति कर्मचारीको समायोजन गर्न अध्यादेश स्वीकृत गर्दै प्रमाणिकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाउने निर्णय गरेको हो। 

सरकारले पठाएको अध्यादेश प्रमाणीकरण भएर राजपत्रमा प्रकाशन भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन प्रक्रिया अघि बढाउनेछ। 

यही साता मन्त्रालयले समायोजनमा जानका लागि कर्मचारीलाई सुुचना प्रकाशन गरि प्रक्रिया थाल्ने छ। समायोजन गर्दा ३५ दिन भित्र समायोजन भएको ठाउँमा नजाने कर्मचारीलाई सरकारले अवकाश दिन सक्ने व्यवस्था अध्यादेशमा छ। 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *