दरबारमार्ग प्रहरी चुप लागेर बसेको छैनः डिएसपी मल्ल

नेपाल प्रहरीमा स्वच्छ छवि भएका निडर र हक्की प्रहरी मध्येका एकमा पर्दछन्, महानगरीय प्रहरी बृत्त दरबार मार्गका प्रमुख डिएसपी दान बहादुर मल्ल । २०५५ सालमा असई पदबाट नेपाल प्रहरीमा प्रवेश गरेका मल्ल ३ पटक मिसनमा समेत गइसकेका छन् । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालका पिएसओ समेत रहेर कूशलता पूर्वक काम गरेका डिएसपी मल्ल द्वन्द्व कालमा धेरै समय द्वन्द्वग्रस्त क्षेत्रमा काम गर्ने निडर प्रहरीमा गनिन्छन् । 

चोरी, लूटपाट, कुटपिट, गुण्डागर्दी, बेश्यावृत्ति, ओभर विलिङ, ठगी तथा संगठित अपराधका लागि सेल्टर बनेको दरबार मार्ग ९ महिना यता शान्त बन्नुमा मल्लको कमान्डिङ रहेको देखिन्छ । अपराधले ग्रस्त दरबारमार्ग लाई चोख्याउन नेपाल प्रहरीले डिएसपी मल्ललाई विशेष योजना अनुसार नै ल्याएको थियो । जुन योजना ९ महिना भित्र केहि हदसम्म सफल पनि भयो । दरबार मार्गको शान्ति सुरक्षाको अवस्था, नागरिकसँगको सहकार्य र उनको ९ महिने कार्यकालको समिक्षा सहित मकालु खबरका लागि केशब सापकोटाले गरेको कुराकानीको संक्षेपः 

 

null

म गत फागुनमा यहाँ आएको हुँ । यहाँ आउनुभन्दा अगाडी यहाँको अवस्था कस्तो थियो केलाउन आवश्यक ठान्छु । यहाँका रात्रिकालिन ब्यवसायीहरुले विदेशी ग्राहकलाई लुट्ने मात्र हैन, दिउसै नेपालीलाई पनि ओभर विलिङ गरेर लुट्ने गर्दथे । दरबारमार्ग भनेको सर्वसाधारणलाई लूट्ने थलो हो, यहाँ अपराधी मात्र बस्छन् भन्ने गलत सन्देश आम जनमानसमा ब्याप्त थियो । कतिपय ब्यवसायीले त खुलेआम प्रहरीलाई मासिक नजराना दिएर नै ब्यवसाय चलाएको सम्म भन्ने गरेको कुरा थियो । मिडियाले पनि हरेक दिन यस्तै प्रकृतिका घटना सार्वजनिक गर्दथे । 

मलाई यहाँ पठाउने कुरा भएपछि यहाँ दैनिक हुने अपराधका श्रृंखलाहरु अध्ययन गरे । यहाँका ब्यवसायी, स्थानीय सरोकारवालाहरुसँग यी कुराको अध्ययन गरे । र, मेरो एरियामा कि अपराध हुनुहुँदैन, कि प्रहरी नै हुनुहुँदैन भन्दै मानसिक रुपमा आफुलाई तयार गरेर नै काम सुरु गरें । सुरुका दिनमा काम गर्न च्यालेञ्ज भयो । राजनीतिक, सामाजिक देखि आपराधिक पृष्ठभूमिबाट समेत दवाव आयो । तर, मैले यो क्षेत्र अन्तराष्ट्रिय पर्यटकीय क्षेत्र समेत भएकोले यसलाई अपराध मुक्त बनाउँछु भनेर अठोट लिएको थिँए । सोहि अनुरुप काम गर्दै गएँ । 

अहिले दुई महिना यता हामी कहाँ एउटा पनि चोरीका घटना आएका छैनन् । मान्छे लुटिए, गुण्डागर्दी भयो भन्ने घटना दर्ता गर्नु परेको छैन । यो हिसाबले हेर्दा म केहि हदसम्म सफल भएको ठान्दछु । तथापि, यो जनताले मुल्याङकन गर्ने कुुरा हो । 

त्यत्ति सारो भयावह पनि थिएन । गुण्डागर्दी कस्तो हिसाबले चलाउथे भने, दादागिरी गर्ने, कालो धनको लगानी गर्ने अनी दिउसै सर्वसाधारणहरु ल्याएर ओभर विलिङ गरेर लुट्ने काम हुँदो रहेछ । त्यसलाई पुरै नियन्त्रण गरे । अहिले यहाँका कुनैपनि रात्रिकालिन ब्यवसायहरु गुण्डाद्वारा सञ्चालित छैनन् । 

यो विषय हाम्रो कार्यक्षेत्र भन्दा बाहिरको कुरा हो । कालोधनको लगानी त देशभर नै होला । यसको नियमन र कारवाही गर्ने भनेको सरकारले हो । 

मेरो अझैपनि काम गर्ने समय छ, तथापि, ९ महिना मैले जे जति काम गरे त्यसले सन्तुष्ट छु 

हुन त मेरो अझैपनि काम गर्ने समय छ, तथापि, ९ महिना मैले जे जति काम गरे त्यसले सन्तुष्ट छु । प्रहरी भित्रका सुचना बाहिर पुर्याउने तर, बाहिरका सुचना चैं एउटै नल्याउने प्रवृत्ति यहाँ थियो । अपराधीलाई भित्र प्रहरीले केके गर्दैछ सबै थाहा हुने तर, प्रहरीलाई अपराधीले बाहिर केके गर्दैछ केहि थाहा नहुुने परिपाटीलाई परिवर्तन गर्न आउने वित्तिकै त्यस्ता प्रवृत्ति भएकालाई परिवर्तन नै गरे । त्यस्ता प्रवृत्ति भएका जरा गाडेर बसेका प्रहरी जसले प्रहरीलाई नै शोषण गरिरहेका थिए । तिनीहरुलाई २ महिना भित्र चेञ्ज गरे । 

दरबारमार्ग, ठमेल भनेको नेपालको राजधानी मात्र हैन, यो विश्वको राजधानी हो । यहाँ विश्वका मान्छे आउने भएकोले त्यहि लेवलको वातावरण हुनुपर्छ भनेर लागें । ५ महिना यता नयाँ प्रहरी ल्याएपछि धेरै सुधार भएको छ । 

 

बाहिर हल्ला गर्नेले के भन्छन् मलाई मतलव भएन, मैले रिजल्ट ओरिएण्टेड भएर काम गर्ने हो । जनताले कसरी शान्ति सुरक्षा पाउँछन्, भनेर काम गरेको हो । हाम्रो मान्छे हैन की राम्रो मान्छे ल्याइएको हो । 

दरबारमार्ग भनेको अलिकति सेन्सेटिभ क्षेत्र हो । यहाँ नेशनल इन्टरनेशनल फिगरहरु आउने भएकोले यहाँको शान्ति सुरक्षा अरु ठाउँको जस्तो तडक भडक गरेर गर्न सकिन्न । साइलेण्ट हिसाबले गर्नुपर्दछ । 

यो क्षेत्रमा राष्ट्रिय देखि अन्तराष्ट्रिय तहका अपराधी समेत आउने अवस्था छ । यो सँगै बेश्याबृत्ति, ठगी, पर्यटक लूटपाट, चोरी डकैती, लागूपदार्थ दुब्र्यसन जस्ता केसहरु बढि हुने संभावना भएकोले हामीले अपराधका प्रकृत्ति केलाएर सोहि अनुसार हाइ अलर्टमा काम गरिरहेका छौं । म आएको तीन महिनासम्म पुरै युनिट एक्टिभ्ली काम गरेका थियौं । 

दरबारमार्ग प्रहरी चुप लागेर बसेको छैन । अहिलेको प्रहरी पहिलाको जस्तो जंगली प्रहरी हैन । अब हामीले साइकोलोजिकल्ली काम गर्नुपर्दछ । राम्रो मान्छेलाई राम्रो ब्यवहार र अपराधीलाई त्यस्तै अनुसार कठोर पनि हुनुपर्दछ भनेर केही स्लो देखिएको मात्र हो । तपाईले भने जस्तो सुतेर बसेको पक्कै छैन । 

हामीले नागरिक प्रहरी साझेदारी भन्ने नयाँ अभियान सुरु गरेका छौं । यसले शान्ति सुरक्षा कायम गर्ने सवालमा प्रहरीको जस्तै नागरिकको पनि कर्तब्य हुन्छ भन्ने बुझाउँछ । अहिले नागरिक पनि शान्ति सुरक्षाका सवालमा सचेत भएका छन् । प्रहरीसँग सहकार्य गर्न तदारुकता देखाउनु भएको छ । 

अब प्रहरीसँग जनता हैन चाेर फटाहा र गैरकानुनी काम गर्ने डराउँछन् । 

विगतमा ल्याएका कार्यक्रम सफल हुन नसक्नुमा प्रहरी आफ्नो तरिकाले अगाडी बढ्यो, जनता आफ्नो तरिकाले । प्रहरी नागरिकको उद्देश्य एउटै हो भने हामी किन मिलेर नजाने ? भन्ने कुरा प्रष्ट नहुँदा कार्यक्रम प्रभावकारी नभएको होला । अहिले संस्थागत रुपमा नै स्थानीय सरकार र स्थानीय जनतासँग मिलेर बेसिक लेवल बाटै काम गरेपछि सफल हुने क्रममा छ । हामीले दरबारमार्ग, ठमेल, लाजिम्पाट एरियामा यहि अभियान अन्तर्गत काम गर्दा तीन महिना यता एउटा पनि चोरीको घटना दर्ता भएको छैन । 

यो सुरुवात मात्र हो, अबको ६ महिना पछि यसको प्रभावकारीता देखिन्छ । अब प्रहरीसँग जनता हैन चाेर फटाहा र गैरकानुनी काम गर्ने डराउँछन् । 

 

म आउनु भन्दा अगाडी त्यस्तो भएको भनेर धेरै गुनासा थिए । केहि गलत नियत भएका प्रहरीले पनि त्यस्तो गरेका रहेछन् । हामी हरेकका टेवुल टेवुलमा जान चैं सक्दैनौं । म आइकन प्रहरीको युनिट नै चेञ्ज गरेपछि ओभर विलिङ गर्ने काम पुरै बन्द भएको छ । हामीले ब्यवसायीलाई अनुरोध गरेका छौं, ‘मेनु राख्नुस, जेन्युन विल दिनुस’ भनेर प्रत्येक महिनाको २ पल्ट अनुरोध नै गरेका छौं । त्यो भन्दा वाहेक अनुगमन गर्ने, नियमन गर्ने प्रहरी हैन । कसैले ओभर विलिङ गर्यो भन्दै उजुरी गर्छ भने हामी तल्काल कारवाहीको प्रक्रिया अगाडी बढाउँछौं । यो विषयमा उपभोक्ता ग्राहक पनि सचेत हुुन आवश्यक छ । 

मिटरमा जान नमानेका, बढी भाडा लिने ट्याक्सीलाई नियन्त्रणमा लिनका लागि नियमनकारी निकाय र यात्रुको पनि ज्वाइन्ट इफोर्ट हुनुपर्छ । कतिपय केसमा यात्रुले समेत मिटर चलाउन नदिइ कूतूवा जाने चलन छ । राज्यले कुनै सिष्टम लागू गर्न खोज्दैछ भने त्यसलाई लागू गर्न जनता नै अग्रसर हुनुपर्छ नी । 

ठिक कुरा गर्नु भो, आजकल सबैलाई हतार हुन्छ । कुनै ट्याक्सीले ५० रुपैंया बढि भाडा लियो भने दिन तयार हुन्छौं तर, त्यसलाई कानुनी कारवाहीमा लग्न आँट गर्दैनौं । केहि हदसम्म ढिला सुस्ती पनि जिम्मेवार हो । त्यस्तो अवस्थामा राज्यले प्रदत्त गरेका सेवाहरु जस्तै टेलिफोनमा त्यस्ता ट्याक्सीको नं. प्रहरीको १०३ नं. मा टिपाइदिने गर्दा त भोली त्यो कारवाहीमा परिहाल्छ नी । यस्ता कुरामा हामी उपभोक्ता आफैं सचेत हुनुपर्छ । 

जबसम्म पिडित नै यो पेशाबाट बाहिर जान्छु भनेर मानसिक रुपमा तयार हुँदैन । बेश्याबृत्ति नियन्त्रण गर्न सकिन्न । 

दरबारमार्ग र ठमेल एरियामा हुने रात्रिकालिन ब्यवसाय र होटल ब्यवसायलाई मर्यादित बनाउन हामीले धेरै गरेका छौं । यहाँ युवतीहरुलाई घरबाट उठाएर ल्याउने, होटलमा रहेका ग्राहकलाई पुर्याइदिने अनी भोपल्ट विहान पुनः घर ल्याइदिने सम्मका हर्कत हुँदो रहेछ । हामीले त्यस्ता दर्जनौं युवतिलाई समेत नियन्त्रणमा लियौं । कारवाही चलायौं । 

यहाँनिर खड्किएको कुरा, जो केटी यौन शोषणमा परेको हुन्छ त्यस्तालाई हाम्रा महिला सेलका तालिम प्राप्त काउन्सलरबाट काउन्सेलिङ गर्दा समेत काम लागेन । अघिल्लो दिन राम्ररी सम्झाएर पठायो भोलीपल्ट उ त्यहि पेशामा पुगेको हुन्छ । छिटो पैसा कमाउन बेश्याबृत्तिमा लाग्ने अहिले ट्रेण्ड बनेको छ । यसमा तेस्रो लिङ्गी झन समस्या भएर आएको छ । यसलाई पुरै नियन्त्रण गर्न राज्यले सहि निर्णय गर्न आवश्यक छ । 

हामीले भन्ने कुरा हैन, यो राज्यले बुझ्ने कुरा हो । यौन ब्यवसायमा लागेकाहरुले समेत हामीलाई ‘कतिञ्जेल पक्रनुहुन्छ ? हामी अरु ब्यवसायमा जान सक्दैनौं, बरु एरिया तोक्दिनुस सुरक्षित तवरले गछौं’ भन्छन् । जबसम्म पिडित नै यो पेशाबाट बाहिर जान्छु भनेर मानसिक रुपमा तयार हुँदैन । बेश्याबृत्ति नियन्त्रण गर्न सकिन्न । तर, हामी पुरै कोशिषमा छौं । 

सहि कुरा उठाउनु भो, पहिलो कुरा प्रहरी पनि ठिक हुनुपर्छ । दोस्रो कुरा प्रहरीलाई विगार्ने नागरिक पनि हो । प्रहरीलाई बोलाएर पैसा दिएर खुवाएर यसले मेरो काम गरिदिइ हाल्छ की भनेर नागरिकले पनि सोच नराख्नुस । प्रहरीबाट सुरक्षा पाउने नागरिकको अधिकार नै हो । मैले प्रत्येक नागरिक, ब्यवसायीलाई भनेको छु, कि कुनै प्रहरीले आएर यस्तो गर्दिन्छु, उस्तो गर्दिन्छु भनेको छ भने त्यस्ता प्रहरीको जानकारी दिनुस हामी कारवाही गछौं, भोली तपाईले नै सहयोग गरेको पत्ता लाग्यो भने म तपाईलाई नै कारवाही गर्छु । जहाँसम्म लाग्छ अहिले त्यस्तो घटना भएको छैन । 

भन्ने को गल्ती हो, किन प्रहरीलाई पुर्याउनु पर्यो ? तपाई राम्ररी राज्यले दिएको अधिकार प्रयोग गरेर विजनेश गर्नुस, प्रहरीको कामै होनी सुरक्षा प्रदान गर्ने । मेरो एरियामा अहिले कुनै पनि ब्यवसायीले प्रहरीलाई पैसा दिन्छु भनेर आरोप लगाउँदैन । यो केहि गलत ब्यवसाय गर्नेले प्रहरीलाई बद्नाम गराउन भनेका हुन सक्छन् । त्यस्ता केहि प्रमाण हामीसँग छ । 

ठमेल, दरबारमार्गमा सञ्चालित रात्रिकालिन ब्यवसायलाई सभ्य, मर्यादित र ब्यवस्थित गर्न नागरिक, ब्यवसायी र प्रहरी हातेमालो गरेर अघि बढ्न आवश्यक छ । मैले अहिले जति कन्ट्रोल गर्न सकें, त्यसमा सबैको सहकार्य छ । यसलाई निरन्तर लिएर जान सक्नुपर्छ । 

ठिक कुरा गर्नुभो, प्रहरीले लेनदेनका कुरा हेर्दैन । ठगी भइसकेका, बैंकिङ कसुर जस्ता विषयमा पिडकलाई झिकाएर पिडितसँग छलफल गराइदिने, थुनामा हालेर वार्गेनिङ गर्ने ट्रेण्ड चलेको छ । यो पनि गलत हो । पुलिसलाई वार्गेनिङ गर्न लगाउने हैन । जाहेरी लिएर आयो भनेपनि पिडकलाई ल्याएर कानुनी उपचारको बाटो देखाइदिनु प्रहरीको कर्तब्य हो । प्रायः बैंकिङ कसुरका केसमा उजुरी गरेर थुनाएर पैसा दिन्छस की ? भन्ने चलन छ, त्यो गलत हो । काठमाडौंमा बैंकिङ केस भयावह भएको छ । अदालतका केसमा त प्रहरीले केहि गर्न मिल्दैन । 

मुख्य कुरा ‘राइट मेन राइट प्लेस’ यो अवधारणामा गएको खण्डमा प्रहरी हरेक कुरामा जिम्मेवार र नैतिकवान तथा जवाफदेहि हुन्छ । यहाँ आउने विशिष्ठ मान्छे आएको खण्डमा त्यस्ता पर्सनसँग कुन तहको ल्याङवेज प्रयोग गरेर बोल्ने भन्ने क्षमता भएको प्रहरी हुनुपर्छ । 

अहिले दरबारमार्ग गयो भने पैसा कमाउन सकिन्छ भन्ने मान्छे मेरै डिपार्ट भित्र रहेछन्, तिनलाई पब्लिक सँग सम्बन्धै नहुने ठाउँमा ड्युटि दिएपछि तिनीहरुले दरबारमार्गमा केहि नहुने रहेछ भन्न थालेका छन् । दरबारमार्ग आउनु भनेको आफ्नो क्षमता स्किल बढाउनु र अनुभव हासिल गर्नु हो । यस्तो भावना भएका मान्छे मात्र यहाँ आएको खण्डमा ठिक हुन्छ । 

म नेपाल प्रहरीमा भएका अन्य डीएसपी भन्दा के कुरामा कमी छु ? म यहाँ आउन किन नसक्ने ? 

धेरैले त्यसै भन्दथे । तर, मलाई चैं यो क्षेत्रको विक्रिति विसंगति हटाउनकै लागि पठाइयो । मैले संगठनमा पनि धेरै दुखः गरे । इन्स्पेक्टर हुँदा नै ३ ओटा कमाण्डो कोर्ष गरें । विदेशमा कोहि नजाने ट्रेनिङमा गएको छु । यसले संगठनमा दुखः गरेको छ, यो सँग क्षमता छ भनेर नै पठाएको जस्तो लाग्छ । 

हाहाहा..भन्नेको मुख थुन्न सकिन्न । प्रचण्ड ज्यूको इन्ट्रेष्टमा आउने भन्ने कुरा कसरी हुन सक्छ ? म नेपाल प्रहरीमा भएका अन्य डीएसपी भन्दा के कुरामा कमी छु ? म यहाँ आउन किन नसक्ने ? मैले संगठनलाई दिएको योगदान कसैले हेरेको छ ? द्वन्द्वकालमा सबैभन्दा बढि द्वन्द्वग्रस्त क्षेत्रमा गएर काम गर्ने मै हुँ । अहिले शान्तिकालमा आएर मैले अन्य ठाउँमा गएर काम गर्न किन हुन्न ? म संगठनले लगाएको जस्तो सुकै काम गर्न सक्षम छु । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *