स्कुटर दुर्घटना हुँदा एक मृत्यु

पुष ३, बिराटनगर । झापाको बिर्तामोड नगरपालिका–६ बुट्टाबारीमा सोमवार स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

गएराती साढे ११ बजे पूर्व–पश्चिम राजमार्ग स्थित बुट्टाबारीमा पश्चिम तर्फ आउँदै गरेको मे ९ प २५८१ नम्बरको स्कुटर आँफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर सो दुर्घटना भएको थियो । 

दुर्घटना पछि गम्भिर घाइते भएका झापा अर्जुनधारा नगरपालिका–११ का २५ वर्षिय रुपेश लिम्बुको उपचारका क्रममा वि.एण्ड.सी. अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *