यसरी गर्नुहोस जाडोमा नवजात शिशुको हेरचाह

जाडोमा चिसोले नवजात शिशुलाई धेरै नै छिटो प्रभाव पार्छ जाडोमा नवजात शिशुलाई चिसो देखी धेरै टाडा राख्न पर्छ । चिसोका कारण बच्चाहरुमा इन्फेक्सन हुन सक्छ ।  याे समयमा बच्चाको राम्रो सँग ख्याल गरिएन  भने बिभिन्न प्रकारको रोगहरु लाग्ने गर्दछ । त्यसैले नवजात शिशुलाई न्यानो पारेर राख्नु पर्छ । शरीरको तापक्रम कम हुन दिनु हुँदैन । 

 

शिशुहरुले शरीरको तापक्रम आफैंले नियन्त्रण गर्न सक्दैनन्, त्यसैले जाडोमा बच्चाहरु कठ्यांग्रिएर शरीरले काम गर्न सक्दैन र कति बच्चाको त मृत्यु सम्म हुन्छ । त्यसैले बच्चालाई न्यानो पारेर राख्नु आवश्यक हुन्छ । तर न्यानो पार्ने निहुँमा गुम्स्याउनु भने हुँदैन । 

null

जाडो याममा सानो बच्चा भइराख्ने कोठालाई २५ देखि २८ डिग्री तापक्रममा राख्नु पर्दछ तर कोठमा हावा आवतजावत गर्ने ठाउँ हुनुपर्छ । नवजात शिशुलाई रुघा सर्ने डर हुन्छ, त्यसैले ठूलो मानिसलाई रुघाखोकी लागेको छ भने सानो बच्चाभन्दा टाढा बस्नु पर्दछ। बच्चालाई रुघा लाग्यो भने निकै सताउने गर्दछ । 

यसरी गर्नुहोस नवजात शिशुको हेरचाह – चिसोबाट शिशुलाई जोगाउने ।– न्यानो कपडाहरु लगाइदिने ।– नवजात शिशुलार्इ घाममा खाख्ने ।– शरीर तथा टाउकोमा तेल लगाइदिने । – शिशुलाई घाम लाग्ने कोठामा राख्ने ।– नियमित आमाको दुध चुसाउने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *