बर्नलिको अग्रता तोड्दै लिभरपुुलको प्रभावशाली जित

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा फुटबलमा सुरुमा पछि परेको लिभरपुलले बर्नलिविरुद्ध प्रभावशाली जित दर्ता गरेको छ । बुधबार राति भएको खेलमा लिभरपुलले बर्नलीलाई ३ – १ गोल अन्तरले हराएको हो । 

सुरुवाती अग्रता उल्टाएर बर्नलीलाई उसैको मैदानमा लिभरपुलले हराएको हो । लिभरपुलको जितमा जेम्स मिल्नर, रोबर्टो फिर्मिन्हो र शाकिरीले एक एक गोल गरे । बर्नलीका ज्याक कोर्कले एक गोल गरे । 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५४ औं मिनेटमा कोर्कको गोलबाट बर्नलीले अग्रता लिएको थियो । तर, ६२ औं मिनेटमा मिल्नरको गोलबाट लिभरपुल बराबरीमा फर्कियो । 

null

निकै आक्रमक देखिए खेलेको लिभरपुलले ६९ औं मिनेटमा फिर्मिन्होको गोलबाट २ – १ को अग्रता बनायो । त्यसपछि खेलको इन्जुरी समयमा शाकिरीले गोल गर्दै लिभरपुललाई ३ – १ को जित दिलाए । 

यो जितसँगै लिभरपुल शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी दुुईमा झारेको छ । लिभरपुलको १५ खेलबाट ३९ र सिटीको ४१ अंक छ ।  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *