यूपिएफलाई नेपालमा प्रतिबन्ध लगाउनु पर्छः गगन थापा

मंसिर २७, काठमाडौं । युनिभर्सल पिस फेडेरेसनलाई तत्काल प्रतिबन्ध लगाउन नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारसँग माग गरेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एक सन्देश जारी गर्दै नेता थापाले नेपालको बदनाम गराउने र धर्मान्तरको कामलाई तीब्रता दिने फेडेरेसनलाई तत्काल प्रतिबन्ध लगाउन माग गरे । 

विवादित एसिया प्यासिफिक समिटको भिडियो सामाजिक सञ्जालमा राखेसँगै थापाले आफ्नो ध्यानाकर्षण भएको भन्दै २००५ मा भएको राष्ट्रिय शान्ति दिवसलाई समेत भ्रममा पारेको जिकिर गरेका छन् ।  

सामाजिक सञ्जालमा राखिएको उक्त भिडियोमा नोबेम्बर २२, २००५ मा नेपालमा युनिभर्सल पिस फेडरेशन (युपिएफ) उद्घाटन भएको र उक्त दिनलाई नेपालको संसदले राष्ट्रिय शान्ति दिवस घोषणा गरेको भन्दै भ्रामक सन्देश प्रवाह गरेकोमा थापाको आपत्ति छ ।  

null

 

‘युनिभर्सल पिस फेडरेशन उद्घाटन टुर कहिले, कसले र्गयो त्यो विषयमा हाम्रो कुनै चासो छैन तर सोहि दिनलाई नेपालको संसदले राष्ट्रिय शान्ति दिवस घोषणा गरेको भनेर जुन भ्रम सिर्जना गर्न खोजिएको छ, त्यो आपत्तिजनक छ ।’ थापाले भनेका छन् । 

नेता थापाले नेपालमा नोभेम्बर २२, २००५ अर्थात वि.सं २०६२ मंसिर ७ गते संसद नै नभएको र हुँदै नभएको संसदले घोषणा गर्ने कुरै नभएको विषयलाई फेडेरेसनले जोडेको बताएका छन् । ‘(स्मरण रहोस, त्यो दिन २०७२ मंसिर ७ गते) ऐतिहासिक १२ बुँदे समझदारी भएको दिन हो, त्यहि समझदारीको जगमा भएको जनआन्दोलनले संसदको पुनर्स्थापना गरेको थियो।) दोस्रो कुरा नेपालको संसदले पछि पनि कहिल्यै उक्त दिनलाई शान्ति दिवस भनेर घोषणा गरेको छैन ।’ उनले भनेका छन् । थापाले अगाडी लेखेका छन्–‘यो आफैमा झुटो, कपोलकल्पित र बदनियतपुर्ण छ । यसले नेपालको सम्मानित संसदको दुरुपयोग मात्र गरेको छैन, अन्तराष्ट्रिय समुदायमा समेत बदनाम गर्न खोजिएको छ ।’ 

भिडियो क्लिपमा नेपाल सरकार र युपिएफले संयुक्त रुपमा समिटको आयोजक गरेको मात्र भनिएको छैन युपिएफ–एसियाका अध्यक्ष एकनाथ ढकालले डिसेम्बर १ मा नेपालमा भएको समिटमा आफैलाई ‘जिससकी एकमात्र छोरी’ घोषणा गरेकी ‘हक जा हन मुन लाई’ सवैले जिससकी छोरीको रुपमा स्वीकार गरेको र कसैले विरोध नगरेको तथा सवै नेपालीले बैधानिकता दिएको भन्ने भनाई प्रति आपत्ति जनाउँदै यो नेपाल र नेपाली जनताको घोर अपमान भएको जिकिर गरेका छन् । 

थापाले ‘इसाई धर्मसँग आवद्ध कोरियन अन्तराष्ट्रिय संस्था यूनिभर्सल पिस फेडेरेसन (यूपिएफ) अन्तराष्ट्रिय रुपमानै बिवादास्पद र बदनाम संस्था भएको भन्दै नितान्त धर्म परिवर्तनको उद्देश्य रहेको संस्थाले नेपालमा गर्ने क्रियाकलाप सदैव सन्देहपूर्ण हुने गरेकाको दावि गरेका छन् । त्यसैगरी थापाले यसले नेपालको मौलिकता र संस्कृतिमा त हस्तक्षेप गरेको, संविधानले बर्जित गरेको धर्मान्तर गर्ने काम समेत गरेको बताएका छन् । ‘गैर कानूनी, गैर संवैधानिक काम गरिरहेको विवादित संस्था जसले अन्तराष्ट्रिय जगतमा नेपाल र नेपाली जनताको अपमान हुनेगरि नेपालको सम्मानित संसदको वदनाम गरेर भ्रम र अफवाह फैलाइरहेको छ ।’ उनले भनेका छन् ।  

साथै थापाले यस्तो कृत्य कुनै पनि नेपाली जनताको लागि सैह्य नहुने भन्दै युपिएफलाई अबिलम्ब नेपालमा प्रतिबन्ध लगाइनुपर्ने माग गरेका छन् । साथै धर्म परिवर्तन गर्ने, भ्रामक प्रचार गर्ने यस्ताखाले अन्य संस्थाको पनि पहिचान गरि आवश्यक कारबाही गरिनुपर्ने थापाको माग छ ।  

उक्त भिडियोले नेपालका थुप्रै राजनीतिक र सरकारी अहोदाका ब्यक्तिको भुमिकामाथि अनेकन प्रश्नहरू उठाएको भन्दै त्यस वारेमा ती व्यक्ति र निकायले प्रष्ट्याउनुपर्ने भन्दै विवादित संस्थाको कार्यक्रममा सरकारी ओहोदाको दुरुपयोग गरेर सहयोग गर्ने र संलग्न हुनेहरुलाई सरकारले संरक्षण गरे पनि जनताले हिसाव किताव गरेर ऐन मौकामा दण्डित गर्ने उनको दावि छ । 

https://www.facebook.com/outsidermedianepal/videos/341488399966846/ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 9 =