ए डिभिजन लिगः कप्तान भरतको दुई गोलमा आर्मीको जित

मंसिर १६, काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आइतबारको खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । 

हिमालयन शेर्पालाई २–१ गोल अन्तरले पराजित गर्दै आमीले जित हात पारेको हो । आर्मीको यो चौथो जित हो । 

आर्मीलाई जिताउन कप्तान भरत खवासले दुई गोल गरे । हिमालयन शेर्पाका उल्रिच सीवीले एक गोल फर्काए । 

null

पहिलो हाफको ३३ औं मिनेटमा पहिलो र खेलको ८६ औँ मिनेटमा दोस्रो गोल गर्दै भरतले आर्मीलाई जित दिलाएका हुन् । 

खेलको ८८ औं मिनेटमा हिमालयनका उल्रिच सीवीले एक गोल फर्काएका थिए । 

खेलमा आर्मीका कप्तान भरत म्यान अफ दि म्याच चुनिए । 

जितसंगै लिगको दोस्रो स्थानको आर्मीले पाँच खेलबाट १३ अंक जोडेको छ । पराजित हिमालयन शेर्पाको भने ५ खेलबाट १० अंक छ । शेर्पा तेस्रो स्थानमा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *