उपचार खर्च जुटाउन गएका श्रीमानले स्वास्थ्यचौकीमै गर्भवती श्रीमतीको शव भेटे

उदयपुर – उदयपुरको रामपुर स्वास्थ्य चौकीमा एक गर्भवतीको ज्यान गएको छ । उपचार अभावमा बेलका– ६ की १९ वर्षीया सम्झना राईको मंगलबार साँझ स्वास्थ्यचौकीमै ज्यान गएको हो । 

सुत्केरी वेथा लागेपछि उनलाई स्वास्थ्यचौकी लगिएको थियो । स्वास्थ्यचौकीले यहाँ उपचार संभव छैन भन्दै सुविधासम्पन्न अस्पतालमा लैजान भने पनि समयमै अन्त नलैजाँदा उनको ज्यान गएको स्वास्थ्यकर्मीले बताएका छन् । 

स्वास्थ्यकर्मीले पहिले नै उनलाई गर्भमा समस्या रहेको बताइसकेका थिए । 

null

श्रीमतीलाई स्वास्थ्यचौकी पठाएर आफूउपचार खर्च खोज्न गएका श्रीमन फर्किंदा उनले श्रीमतीको शव भेटेका थिए । 

उनी स्वास्थ्यचौकी पुुग्दा सम्झनाको ज्यान गइसकेको थियो ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *