यि कारणले गर्दा गर्भनिरोधका चक्कीहरु प्रयोग गर्न हुँदैन्

 

हामीले गर्भनिरोध चक्की बिवााह अगाडीको असुरक्षित यौन सम्पर्कबाट गर्भ रहन नदिन तथा यदी हामीलाई बच्चा जन्माउने चाहना भएन भने अनावश्यक गर्भबाट बच्न प्रयोग गर्दछौँ । यसरी प्रयोग गर्दौ यसले हामीलाई यी समस्याहरुबाट त बचाउँछ तर यसको धेरै प्रयोग गर्नाले हाम्रो स्वास्थ्यमा समस्याहरु झन् थपिने हुन्छ । यसले के–के समस्याहरु थपिन्छ तल उल्लेखित गरिएको छ । 

— चिकित्सकको सल्लाहविना गर्भनिरोधक चक्कीको प्रयोग गर्नुहुँदैन । लापरवाहीपूर्वक गरिने यस्ता चक्कीको सेवनले महिलाको ज्यान पनि जान सक्छ । 

null

— पेटमा बच्चा बस्नुमा महिला र पुरुषको भूमिका उस्तै हुन्छ । अनावश्यक गर्भ रहन नदिन चक्कीको भर पर्नुभन्दा पुरुषले गर्भनिरोधक साधन प्रयोग गर्नु उत्तम हुन्छ । 

— गर्भनिरोधक चक्कीको प्रयोग गरेर गर्भपतन गराउँदा अत्यन्तै पीडा हुन्छ । औषधिको साइड इफेक्टले जीवनभरि पेट दुख्ने तथा अन्य समस्या आइरहन सक्छ । 

— यस्ता औषधिको प्रयोग गर्दा पाठेघरको क्यान्सर, पिसाबमा समस्या, महिनावारी गडबडी, महिनावारीको समयमा पेट दुख्नेजस्ता समस्या आउन सक्छन् । 

— औषधिको प्रयोगले गर्भपतन गराउँदा प्रसवको समयमा जस्तो पीडा हुन्छ, त्यस्तै पीडा गर्भपतनमा पनि हुन्छ । त्यसैले औषधिको प्रयोगले गर्भपतन गराउने महिलामा मानसिक रोगको समस्या समेत देखा पर्न सक्छ । 

— यदि पहिलोपटक पेटमा बच्चा बसेको छ भने गर्भपतन गराउनुहुँदैन । पहिलो बच्चा खेर फाल्दा अर्कोपटक कहिल्यै बच्चा नबस्ने समस्या हुन सक्छ । पहिलो बच्चा खेर फाल्नु सबैभन्दा संवेदनशील विषय हो । 

– गर्भनिरोधको चक्की अति आवश्यक परेको खण्डमा मात्र प्रयोग गरौँ यो चक्की धेरै प्रयोग गर्दा कतिप्राय महिलहरुमा निःसन्तानको लक्षण देखा पर्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *