महेन्द्र बहुमुखी क्याम्पस धरानका विद्यार्थीहरु भूमाफियाको चलखेल बिरुद्ध उत्रिए 

 

मंसिर १७, धरान,सुनसरी । महेन्द्र बहुमुखी क्याम्पस धरान १० को होस्टेल सहितको धरान–११ पानी ट्याङ्कीमा रहेको जग्गामा मोही हकको नाममा भूमाफियाहरुले चलखेल गरेको भन्दै क्याम्पका विद्यार्थीहरु कडा संघर्षमा गर्नै चेतावनी दिएका छन् । 

क्याम्पसमा आज बिभिन्न बिद्यार्थी संगठनहरुको सहभागीतामा गरिएको पत्रकार सम्मेलनमा मोही हकको नाममा भूमाफियाहरुले चलखेल गरेको भन्द त्यसको बिरोध तथा क्याम्पस बचाउ अभियान नै चालेर सो संर्घष गर्नै चेतावनी दिईएको हो । 

null

सम्मेलनमा स्ववियुका सभापती सागर सरगम चेम्जोङको अध्यक्षतामा क्याम्पस जग्गा बचाउ संघर्ष समिति गठन गरेर उनीहरु संंघर्षमा उत्रिएको जानकारी दिएका छन् । संघर्ष समितिको सदस्य सचिवमा स्ववियु सचिव दोर्चि शेर्पा, अनेस्वयुका सुजन खत्री नेपाल विद्यार्थी संघका ईकाई सचिव लगायतका क्याम्पसमा रहेका अन्य विद्यार्थी संगठनका पदाधिकारीहरुको सहभागिता रहेको छ । 

 

सम्मेलनमा क्याम्पस जस्तो सार्वजनिक संस्थाको जग्गामा दलालले चलखेल गरेको आरोप स्ववियु सभापती दोर्चि शेर्पाले लगाएका छन् । उनका अनुसार मोहीको हकवाला भनेर अगाडी ल्याइएका पात्र यज्ञबहादुर क्षेत्री चलखेलमा खेलको मोहराको पात्रको रुपमा ल्याईएको आरोप उनीहरुको छ । 

क्षेत्रीलाई प्रयोग गरेर भूमाफियाले लाभ लिन खोजिरहेका बिद्यार्थीहरुले बताएका छन् । अनेरास्ववियु क्याम्पस इकाइ अध्यक्ष सुजन खत्रीले धरान उपमहानगरपालिका र ११ नं. वडा कार्यालयले समेत क्याम्पसलाई असहयोग गरेको बताएका छन । 

क्याम्पसले उक्त जग्गा २०३४ साल असार २४ गते श्याम गोविन्द श्रेष्ठसँग खरिद गरेको थियो भने लगत्तै ३५ सालमा उक्त जग्गामा क्याम्पसले शिक्षक क्वाटर बनाएको थियो । हाल सोही जग्गामा क्याम्पसको छात्रावास र बहुउद्देश्यीय व्यापारीक भवन पनि बनेको छ । तर क्याम्पसले जग्गा किनेको ४१ वर्षपछि गत मंसिर १८ गते मात्रै धरान उपमहानगरपालिका वडा नं. ११ बाट सिफारिस लिइ मोही हक नामसारी गरी पाउँ भन्दै भूमिसुधार तथा मालपोत कार्यालयमा मुद्दा दर्ता गरिएको छ । जग्गाको धनिपूर्जामा मोही डम्बरबहादुर घिमिरे रहेको उल्लेख गरिएको भएपनि मोही गर्नै घिमिरेको २०५६ साल फागुन ५ गते नै मृत्यु भइसकेको छ । त्यस्तै घिमिरेकी श्रीमती शिवकुमारी घिमिरेको पनि २०६४ साल पुसमा नै निधन भइसकेको छ । अहिले मोही स्व. डम्बरबहादुर घिमिरेका माइला छोरा यज्ञ बहादुर क्षेत्रीले मोही हक नामसारी गरी पाउ भनि निवेदन दिएको छ । सम्मेलनमा विद्यार्थी संगठनहरुले सम्बन्धीत निकायले गरेको गम्भीर गल्तीलाई सच्याउन अग्रसर भएन भने विद्यार्थी संगठनले क्याम्पस बचाउन जस्तोसुकै कदम चाल्न पछि नहटने चेतावनी समेत दिएका छन । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *