इपिएल क्रिकेट : जितको खोजिमा ललितपुर, सुखद सुरुवातको दाउमा चितवन

काठमाडौं । तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो दिन आज (आइतबार) दुई खेल संचालन हुँदैछ । 

टियु क्रिकेट मैदानमा आइतबार ललितपुर प्याट्रीयट्स र चितवन टाइगर्स तथा दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् । ललितपुर र चितवनबीचको खेल बिहान ९ बजे सुरु हुनेछ । यस्तै भैरहवा र पोखराबीचको खेल अपरान्ह १ बजे सुरु हुनेछ । 

शनिबार सुरु लिगको पहिलो खेलमा विराटनगर वारियर्सले विजयी सुरुवात गरिसकेको छ । विराटनगरले ललितपुरलाई ३ विकेटले हराएको हो । तर, चितवनविरुद्ध मैदान उत्रदा ललितपुर पहिलो जितको खोजीमा हुनेछ ।  

null

यता, चितवन भने पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । 

यस्तै दोस्रो खेलका लागि मैदान उत्रने टिम भैरहवा र पोखरा पनि सुखद सुरुवात गर्ने योजनामा हुनेछन् । पोखरा साविकको उपविजेता टोली समेत हो ।  

दुवै टोलीमा उत्कृष्ट खेलाडीहरुको रहेको हुँदा खेल रोमान्चक हुने अमुमन गरिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *