शानदार नतिजा निकाल्दै रियल मड्रिड नकआउट चरणमा

मेलिला माथि शानदार जित दर्ता गर्दै रियल मड्रिड कोपा डेल रे को नकआउट चरण प्रवेश गरेको छ । विहिबार राति घरेलु मैदानमा भएको खेलमा रियलले मेलिलाई ६-१ गोलले पराजित गरेको छ । पहिलो लेगमा ४-० को जित निकालेको रियल समग्रमा १०-१ को जित निकाल्दै प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको हो । 

रियललाई शानदार जित दिलाउने क्रममा मार्को एसेन्सियो र इस्कोले समान २-२ गोल गर्दा जाभियर सान्चेस र भिनिसियस जुनियरले १-१ गोल गरे । मेलिलाका लागि याचिने क्वास्मीले एक गोल फर्काए । 

 

null

रियलले खेलको ३५ औं मिनेटमा एसेन्सियोको गोलमा अग्रता लिएको थियो । त्यसको दुई मिनेटमै एसेन्सियोले अर्को गोल गर्दा रियलले अग्रता दोब्बर बनायो । ३९ औं मिनेटमा सान्चेसले गोल गर्दा रियलको अग्रता तेब्बर बन्यो । 

पहिलो हाफमा ३-० को अग्रता बनाएको रियलले दोस्रो हाफमा १ गोल खाँदै थप तीन गोल गर्यो । ४७ औं मिनेटमा रियलका लागि चौथो गोल इस्कोले गरेका थिए । ७५ औं मिनेटमा भिनिसियसले गोल गर्दा रियलले ५-० को अग्रता बनायो । 

८१ औं मिनेटमा क्वास्मीले पेनाल्टी मार्फत मेलिलाका लागि सान्तवना गोल फर्काए । ८३ औं मिनेटमा इस्को व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ६-० को शानदार जित दिलाए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *