इपिएल क्रिकेटमा आज चितवन र काठमाडौं तथा पोखरा र ललितपुर भिड्दै

काठमाडौं । एभेरेष्ट प्रिमियर लिगमा आजपनि दुई खेल हुनेछन । जसमा पहिलो खेलमा चितवन टाइगर्स र काठमाडौं किंग्स तथा दोस्रो खेलमा पोखरा राइनोज र ललितपुर पेट्रियट्सविच प्रतिस्पर्धा हुनेछ । 

कीर्तिपुर क्रिकेट मैदानमा हुने पहिलो खेल नौ बजेबाट सुरु हुनेछ ।  चितवन पहिलो खेलमा ललितपुरसँग ११ रनको हार ब्यहोरेको थियो । यता काठमाडौको यो पहिलो खेल हो । पहिलो खेलमा चितवनका स्टार खेलाडी पउल स्ट्रलिङले राम्रो खेल्न नसक्दा पनि चितवन हार्न पुगेको थियो । 

यता काठमाडौ विरुद्ध आज जित निकाल्दै चितवन प्रतियोगितामा कमब्याक गर्न चाहन्छ । काठमाडौ टिम पनि आफ्नो पहिलो खेल देखि नै जितका लागि मैदानमा उत्रने छ। आजै हुने अर्को खेलमा पोखरा राइनोज र ललितपुर विच प्रतिस्पर्धा हुनेछ । 

null

प्रतियोगिताको उद्घाटन खेलमा विराटनगरसँग पराजित भएको ललितपुरले दोस्रो खेलमा चितवनलाई हराएको थियो । तर आजको खेलमा ललितपुरका लागि सन्दिप लामिछानेको अनुपस्थिती निकै खड्कीने देखिएको छ । 

दोस्रो खेलमा जित निकाल्दा सन्दिपले टिमका लागि तीन विकेट लिएका थिए । यता इपिएलकै इतिहास उच्च स्कोर २१५ रन बनाएर पनि हार्न पुगेको पोखरा आज ललितपुर विरुद्धको खेलबाट कमब्याक गर्न चाहन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *