‘म उहाँहरूलाई थला पार्न चाहन्न’

मंसिर २२, काठमाडौं । राजधानीका पोल र पत्रपत्रिकामा ठूल्ठूला फोटा सहित सामाजिक सुरक्षा कार्यक्रममा ‘हिरो’ बनेका प्रधानमन्त्री केपी शर्मा ओलीको चौतर्फि विरोध भएपछि उनी जवाफि प्रतिकारमा उत्रिएका छन् । 

गत साता सम्पन्न शान्ति सम्मेलनमा भाग लिँदा बुद्धिजिवीहरुले नेपाललाई इशायीकरण गर्न लागेको, हिटलर बन्न लागेको, ओली निरंकूश भन्दै गएको जस्ता आरोप लगाउन थालेपछि उनले बुद्धिजिवीहरुलाई नै कटाक्ष गरेका छन् । 

उनले आफुले बुद्धिजिवीहरुलाई जवाफ दिन थाले उनीहरु थला पर्ने समेत दावि गर्दै भनेका छन् । ‘कुनै–कुनै बुद्धिजीवीका टिप्पणी अत्यन्तै असभ्य र तल्लोस्तरका देख्छु । त्यस्तालाई मैले जवाफ दिँदा थला पर्ने सम्भावाना हुन्छ,’ बुधबार साँझ जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रस्तोताले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले ओलीले भने, ‘म उहाँहरूलाई थला पार्न चाहन्न, उहाँहरूलाई म जान्छु ।’ 

null

प्रधानमन्त्री ओलीले आफूले त्यस्ता बुद्धिजीवीले वादविवाद गर्न अथवा सत्यहरूका सम्बन्धमा बहस गर्न इच्छा गर्नुभएको होकि होइन भन्ने बारेमा आफूले सोध्न पनि चाहेको बताएका छन् । आजको नागरिक दैनिकमा छ । 

‘उहाँहरू असभ्य ढंगले पनि बोल्नु पनि भएको छ । त्यसमा अलिकति असलियत बाहिर आउँदा के हुन्छ ? अलिक विचार गरे हुने हो ।’ उनले कार्यक्रममा भनेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *