हिन्दु धर्मकाे संरक्षणमा अान्दाेलनकाे अाँधिवेरी सृजना गर्न अध्यक्ष थापाकाे जाेड 

मंसिर १९, जनकपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दुराष्ट्र पुनर्स्थापना जनजागरण अभियान अन्तर्गत जनकपुरमा प्रदेश स्तरीय प्रशिक्षण तथा सम्मेलन गर्दै छ । २ नम्बर प्रदेशकाे राजधानी जनकपुर स्थित उद्योग वाणिज्य संघकाे सभा हलमा हिन्दु जागरणकाे नाममा कार्यक्रम भईरहेकाे छ । 

प्रदेश स्तरीय प्रशिक्षण तथा सम्मेलनमा पार्टीका अध्यक्ष कमल थापा, पुर्व वाणिज्य मन्त्री राजिव पराजुली,२ नम्बर प्रदेश अध्यक्ष चन्देश्वर यादव,केन्द्रीय सदस्य देवेन्द्र प्रधान लगायत नेताहरूले बाेल्ने कार्यक्रम तय गरिएकाे अायाेजक समितिले बताएकाे छ । 

अनाैपचारिक भेटमा कुरा गर्दै राप्रपाका अध्यक्ष कमल थापाले बलियाे संगठन निर्माण गर्दै हिन्दु राष्ट्रका पक्षमा अान्दोलनकाे तयारी गर्ने कार्यकर्तालार्इ निर्देशन दिएका छन् । उनले धर्मनिरपेक्षताकाे नाममा हिन्दुधर्म माथि प्रहार भर्इरहेकाे र सरकार समेतले हिन्दुधर्म माथि प्रहार गरिररहेकाेले हिन्दु धर्मकाे संरक्षणमा उत्रिनु परेकाे जिकिर गरेका थिए । 

null

अाठ अाेटा जिल्ला क्षेत्र र नगर वडाका प्रमुखहरूलाई पार्टी रणनीतिक कार्य याेजना र अान्दोलन केन्द्रीकृत गतिविधिमा प्रशिक्षण दिईने कार्यक्रम रहेकाे छ । दाेश्राे चरण कार्यक्रम प्रदेश नम्बर १ काे झापाको विर्तामोडमा मंसिरकाे २१,२२ गते तय गरिएकाे छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + three =