निर्मला पन्त हत्या प्रकरणः दुई अभियुक्तले स्विकारे घटना

मंसिर २२, काठमाडौं । कञ्चनपुरको भीमदत्तनगर– २ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ दुई अभियुक्तले अपराध स्वीकारेका छन् । नयाँ पत्रिका दैनिकका अनुसार, निर्मला पन्तको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दुई अभियुक्त प्रदीप रावल र विशाल चौधरीले अपराध स्वीकारेका हुन् । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीर्आइबी)लाई स्रोतका अनसार प्रदीपले गफ गर्ने क्रममा आफू उत्तेजित भएपछि उखुबारीमा लगेर बलात्कार गरेको बताएकाे नयाँ पत्रिकाले लेखेकाे छ । पछि विशालले समेत उनलाई बलात्कार गरेको र निर्मलाले प्रतिकार गरेपछि हत्या गरेको वयान दुवै जनाले दिएका छन् । 

‘दुवैलाई छुट्टाछुट्टै सोध्दा करिब ८० प्रतिशत कुरा मिल्दोजुल्दो छ’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले नयाँ पत्रिकासँग भनेका छन्, ‘मोबाइलको विश्लेषणमा पनि घटनाका बेला उनीहरु त्यही क्षेत्रमा हुनु र घटनापछि गाउँमा बस्न छाड्नुले उनीहरुको संलग्नताको आधार बलियो बनाएको हो ।’ 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *