छिटो छिटो पिसाब आउनु यी रोगको संकेत हुन सक्छ

 

अहिले जाडोको मौसममा गर्मी मौसममा भन्दा अलि छिटो पिसाब आउँछ तर धेरै नै छिटो छिटो पिसाब आउनु भनेको रोगको संकेत पनि हुन सक्छ । कतिपय मानिसलाई घरिघरि पिसाब लाग्ने समस्या हुन्छ । तर उनीहरू यसलाई सामान्य समस्या भनेर टारिदिन्छन् । यो समस्या लामो समयसम्म रह्यो भने कुनै गम्भिर रोगको संकेत हुनसक्छ । सही समयमा यसलाई चिनेर उपचार गरेमा अनेकौं रोगबाट बच्न सकिन्छ । युरोलोजिस्ट डा विवेक झाले बारम्बार पिसाब आउने पाँच संकेतका बारेमा चर्चा गरेका छन् । 

पत्थरीस:  पत्थरीका कारण मूत्रथैलीमा दबाब पर्छ जसले गर्दा घरिघरि पिसाब लाग्छ । अनि पीडा पनि हुनसक्छ । 

null

मधुमेहस:  मधुमेह हुँदा शरीरमा अतिरिक्त ग्लुकोज बन्छ । यो ग्लुकोज पिसाबमार्फत निस्कन्छ र घरिघरि पिसाब लाग्छ । 

युरीनरी ट्य्राक्ट इन्फेक्सन:  युरीनरी ट्य्राक्ट इन्फेक्सन हुँदा मूत्रथैलीमा इरिटेसन हुन थाल्छ । अनि घरिघरि पिसाब लाग्ने समस्या हुन्छ । 

प्रोस्टेट ग्ल्यान्ड बढ्नेस:  प्रोस्टेट ग्ल्यान्ड बढ्दा पनि पिसाब लाग्ने गर्छ । 

क्यान्सर:  प्रोस्टेट वा युरीनरी ट्य्राक्टको क्यान्सर हुँदा पनि घरिघरि पिसाब लाग्ने समस्या आउँछ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *