‘समर लभ’ को पहिलो गीत ‘साया’ सार्वजनिक (भिडियोसहित)

मंसिर १८, काठमाडौँ । ‘समर लभ’ को पहिलो गीत ‘साया’ रिलिज भएको छ । पुष्पन प्रधानको स्वर, शब्द तथा संगीत रहेको ’साया’ बोलको गीत भिडियोमा फिल्मका मुख्य कलाकार आशिष पिया र रेवती क्षेत्री प्रस्तुत भएका छन् । 

कविराज गहतराजको कोरियोग्राफी रहेको ‘साया’ गीतमा पुष्पनलाई गायिका बानिका प्रधानले साथ दिएकी छिन् । 

सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’ माथि बनेको फिल्म ‘समर लभ’ प्रेमदिवस (भ्यालेन्टाइन डे) को अबसर पारेर आगामी माघ २५ बाट प्रदर्शनमा आउँदैछ । फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने विनोद अधिकारी कार्यकारी निर्माता छन् । 

null

मुस्कान ढकालको निर्देशन रहेको चलचित्रमा आशिष र रेवतीसँगै सुरज सिंह ठकुरी, सरोज खनाल, ओमप्रतिक, नम्रता सापकोटा, शिशिर भण्डारी लगायत कलाकारहरुको मुख्य अभिनय रहेको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *