नेपालतर्फको आइसीपी निमार्ण कछुवा गतिमा

 

मंसिर १७, बिराटनगर । मोरङको बुधनगरमा निर्माणाधिन एकीकृत जाँच पास चौकी (आइसीपी)को निर्माण कार्य सुस्त देखिएको छ । 

नेपालतर्फ आइसीपी दुई बर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएपनि अहिलेसम्म ६२ प्रतिशत मात्र निर्माणको काम पूरा भएको छ । मोरङको बुधनगरमा आईसिपी निर्माण शुरु भएको २२ महिना पुरा भएको छ । भारततर्फ जोगवनीमा दुई वर्षअघि नै आइसीपी निर्माण भएर सञ्चालन आएपनि बुधनगरमा भने सुस्त गतिमा निर्माण भइरहेकोले तोकिएको समयमा आइसीपी निर्माण नहुने देखिएको हो । 

null

आइसीपी निर्माण गर्ने दुई देशीय सहमति भएको १२ वर्षपछि भारतले बुधनगरमा आइसीपी निर्माणको काम अघि बढाएको थियो । गएको फेब्रुअरी १ देखि आइसीपी निर्माणको काम सुरु भएको थियो । आइसीपी निर्माणका लागि भारत सरकारबाट ठेक्का पाएको दिनेशचन्द्र एन्ड आर अग्रवाल इन्फ्रा डटकम अहमदावादले आइसीपीको निर्माणको काम गरिरहेको छ । 

ठेकेदार कम्पनी दिनेशचन्द्र एन्ड आर अग्रवाल इन्फा डटकमका इन्जिनियर अवधेशकुमार साहले आइसीपीका लागि तयार गरिने भवन, घेरावेरा गर्ने लगायतका काम भइरहेको जानकारी दिए । निर्माण कम्पनीका अनुसार आइसीपीको पहिलो चरणको काम अहिले भईरहेको छ । जसमा आइसीपी जाने लिङ्क रोड निर्माणको काम र आइसीपी हाता भित्र भौतिक संरचना निर्माणको काम अहिले भइरहेको छ । 

संयुक्त रूपमा नेपाल/भारत दुबैतर्फ बन्ने सो भन्सार नेपालतर्फ ८ सय ५० मिटर लम्बाइ र ५ सय मिटर चौडाइको हुनेछ । आइसीपी निर्माण गर्न १२९ बिघा र लिङ्क रोडका लागि ४० बिघा छुट्याइएको छ । यसमध्ये ४० बिघामा ४३२० मिटर लामो चार लेनको कालोपत्रे सडक निर्माणको काम सुरु भएको छ । 

लिङ्करोडलाई व्यापारिक मार्ग रानीदेखि धरानसम्मको ४९ किलोमिटरको उत्तर÷दक्षिणी राजमार्गसँग जोडिनेछ । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय मोरङले गत २९ मंसिरमै नेपालतर्फ निर्माण हुने आइसीपीका लागि आवश्यक जग्गा भारतीय पक्षलाई हस्तान्तर गरेको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *