आफ्नै छोराले किन गरे ठूलो बुवा र बुवाको हत्या ?

२०७५ मंसिर २१ गते

मंसिर २१, काठमाडौँ । कैलालीमा एक जनाले शुक्रबार आफ्नै बुवा र ठूलो बुवाको हत्या गरेका छन् ।
कैलालीको लम्कीचुहा नगरपालिका– ४ बलियाका जहरीलाल चौधरीले ५५ वर्षीय बुवा चक्र थारु र करिब ६० वर्षीय ठूलो बुवा पल्टु थारुको हत्या गरेका हुन् ।
null
उनको कुटाइबाट आमा दीलबहादुरी देवी चौधरी पनि घाइते भएकी जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । टाउको र बाँया कानमा चोट लागेकी उनको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ ।
मानसिक सन्तुलन ठिक नभएका जहरीलाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएर घटनाको भएको कोठामा मदिरा पनि भेटिएको र यसबारे अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

२०७५ मंसिर २१ गते
प्रतिक्रिया