परफेक्ट लुक्सको लागि जाडोमा यस्तो फेशन गर्नुहोस्

 

मंसिर २ । महिला होस् या पुरुष जो कोही पनि फेशन गर्न रुचाउछन् । स्टाइलिस लुक्स देखाउन हामी जाडोमा नी पछी पर्दैनौ हुन त हामीलाई फेशनले एक प्रकारको स्टाण्डर दिई रहेको हुन्छ । फेशनको मामिलामा पुरुष भन्दा महिला अगाडी नै हुन्छन् । महिलाहरु जाडो होस् या गर्मी यी दुवै मौसममा फेशन गर्न सोखिन हुन्छन् । अझ भन्नु पर्दा फेशनले टिजएजको केटाकेटीहरुलाई धेरै प्रभाव प्रभाव पारी रहेको हुन्छ । यो जाडो मौसममा महिलाहरुले तल दिएको जस्तो फेशन गर्नुहोस् र आफुलाई एकदम परफेक्ट बनाउँनुहोस् । 

कोट अहिले बजारमा बिभिन्न स्टाइलका कोट उपलब्ध छन् । लङ लेन्थ, क्वाटर लेन्थ, सर्ट लेन्थजस्ता विभिन्न साइजमा उपलब्ध यस्ता कोटमध्ये अहिले कोरियन स्टाइलको ट्रेन्ड कोट बढी प्रचलित छ । विवाहको अवसरका लागि यस्ता कोटको माग बढी देखिन्छ । 

null

ज्याकेट बजारमा महिलाहरूका लागि विभिन्न स्टाइलका ज्याकेट उपलब्ध छन् । यस्ता ज्याकेट लङ लेन्थ, क्याटर लेन्थ, वेस्ट लेन्थ, डेनिम स्टाइल, बम्बर स्टाइल तथा ओभरकोट स्टाइलमा उपलब्ध छन् । बजारमा बिभिन्न प्रकारमा ज्याकेट पाईन्छ जस्तै ज्याकेट डाउन, भेल्भेट, सुती, फर, फिल्स यी ज्याकेटहरु फ्याब्रिकबाट तयार पारिएका हुन्छन् । 

पञ्चु जाडो महिनामा स्टाइलिस लुक्स तथा न्यानो प्राप्त गर्न महिलाहरू पञ्चु लगाउँछन् । पञ्चु विशेष गरी सिल्क, ऊन, पस्मिना तथा कस्मिरी ऊनबाट तयार पारिन्छ । बजारमा अहिले ऊनको पञ्चुको बाहुल्यता छ । 

आउटरआउटर जाडो र गर्मी दुवै मौसममा रुचाइने पहिरन हो । गर्मीमा सुती, नेट तथा जर्जेटजस्ता फ्याब्रिकबाट बनेका हल्का आउटर रुचाइन्छ भने जाडोमा ऊन तथा सिल्कका बाक्ला र न्याना आउटर प्रचलनमा देखिन्छन् । आउटर विभिन्न रंग तथा डिजाइनमा उपलब्ध छन् । 

स्वीटर टप टिसर्टजाडोका लागि भनेर अहिले बजारमा विभिन्न स्टाइलका स्वीटर उपलब्ध छन् । टिसर्ट स्टाइलदेखि लङलेन्थ, कुर्ती तथा टप स्टाइलहरुमा पाईन्ट यस्ता स्वीटर, टप, टिसर्टहरु भेल्भेट, ऊन तथा सुतीका फ्याब्रिकबाट बनेका हुन्छन् । 

  

बुटजाडोमा हामीले जुत्ता छान्दा प्राय हाम्रो नजर बुटमा नै जान्छ । बुट एङ्कललेन्थ, क्वाटरलेन्थ तथा लङलेन्थहरुमा बजारमा पाईन्छ । यी बुटहरु फर, भेल्भेट, सावर तथा माइक्रो सिन्थेटिक्सबाट बनेका हुन्छन् विशेष गरी टिनएजर तथा कामकाजी महिलाहरूबीच बढी लोकप्रिय छ ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *