नेकपामा बढ्दैछ बिबादः अपमानित भएको भन्दै शीर्ष नेतालेनै गरे बैठक बहिस्कार


काठमाडौं । शनिबार बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक चार नेताले बहिस्कार गरेका छन्। सचिवालयका सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र बामदेब गौतम बाहिरिए हुन् ।
दिउँसो ३ बजेको लागि बैठक बोलाइएको थियो।
निर्धारित समयमा बैठक बस्नका लागि पुगे पनि प्रधानमन्त्री नआएपछि आफूहरुले अपमानित महसुस गरेर बैठक छाडेर निस्किएको नेता झलनाथ खनालले बताए।
null
शुक्रबारको बैठक पनि प्रधानमन्त्रीको व्यस्ततका कारण शनिबारको लागि सारिएको थियो।
समयमा बैठकमा सुरु नहुने गरेका कारण प्रवक्ता नारायणकाजी श्रेष्ठले यसअघि पनि आपत्ति जनाएका थिए। त्यसपछि समयमै बैठक बस्ने समझदारी भएको थियो।
‘बैठक सुरु नभए १५ मिनेट कुर्ने नभए जानकारी गराउने सहमति थियो तर प्रधानमन्त्रीबाट कुनै जानकारी नआएपछि हामी बाहिरियौं,’ नेता श्रेष्ठले भने।
आफूहरुको यो कदम पार्टीमा सिस्टम विकास गर्नको लागि भएको श्रेष्ठले बताए। ‘यो कसैका विरुद्ध होइन’, श्रेष्ठले भने, ‘हामी स्वयंलाई सचेत पार्नका लागि हो। पार्टीलाई सिस्टममा लैजानका लागि गरिएको पहलकदमी हो।’
