डायनामिक युवा उद्यमी सम्मानद्वारा आशिक कार्की सम्मानित

 

पुस १५, काठमाडौँ । डायनामिक स्काउट क्रयूले स्काउट लिडर आशिक कार्कीलाई सम्मान गरेको छ । 

डायनामिक स्काउट क्रयूको दोश्रो वार्षिक उत्सवका अवसरमा डायनामिक युवा उद्यमी सम्मानबाट उद्यमी कार्कीलाई सम्मानित गरिएको हो । 

null

स्काउटिङ्ग शिक्षाको माध्यमबाट बालबालिका तथा किशोरकिशोरीहरुको शारीरिक, मानसिक, सामाजिक, आध्यात्मिक एवम् संवेगात्मक भावनाको विकासमा योगदान पुर्याउँदै आफ्नो व्यवसाय पनि सँगसँगै लान सफल भएका कारण उनलाई सम्मान गरिएको हो । 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकालीको प्रमुख आतिथ्य, जिल्ला स्काउट काठमाडौँका जिल्ला आयुक्त रविन दाहाल र साहित्यकार युवराज नयाँघरेको बिशिष्ठ आतिथ्यमा सम्पन्न सो कार्यक्रममा क्रयूको स्मारिका समेत लोकार्पण गरिएको थियो । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *