अनुसन्धानमा लापरवाही गर्ने कुरा प्रहरी संगठनमा क्षम्य हुँदैनः महानिरीक्षक खनाल

 

मंसिर १८, काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अनुसन्धानमा जानीजानी लापरवाही गर्ने कुुरा प्रहरी सङ्गठनका लागि क्षम्य नहुने बताएका छन् । 

एशियाली विकास बैँक, नेपाल प्रहरी अपराध अनुसन्धान विभाग र महिला तथा बालबालिका निर्देशनलायले मंगलबार आयोजना गरेको ‘लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समितिको परिमार्जित कार्य सञ्चालन –२०७५’ सम्बन्धी गोष्ठीमा उनले यस्तो बताएका हुन् । 

null

महिला बालबालिका हिंसाको अनुसन्धानमा शून्य सहनशीलता अपनाउनुपर्ने बताउँदै उनले भने, “समाजमा हुने जुनसुकै प्रकृतिको हिंसाको अनुसन्धानमा प्रहरीले लापरवाही गर्न हुँदैन । अनुसन्धानमा जानीजानी लापरवाही गर्ने कुुरा प्रहरी सङ्गठनका लागि क्षम्य हुँदैन ।’ 

महानिरिक्षक खनालले प्रहरीले महिला तथा बालबालिकामाथि हुने हिंसामा ८७ प्रतिशत सफल अनुसन्धान गरेको दाबी गरे । ‘९५ प्रतिशत नतिजा दिने गरी प्रहरीले काम गर्नुपर्छ,’ खनालले भने । 

उनले प्रहरीबाट हुने हरेक किसिमका क्रियाकलापमा महिला सहभागितालाई प्राथमिकता दिएको बताए । संयुक्त राष्ट्र सङ्घीय मिसनमा प्रतिनिधित्व हुने प्रहरी जनशक्तिमा महिलाको मात्र छुट्टै्र मिसनको व्यवस्था गर्ने सोच प्रहरीले अगाडि बढाएको उनको भनाइ थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *