बिराट ट्रेड एक्स्पोमा हेलिकप्टरबाट पाथिभरासम्मको यात्रा

 

पुष ५, बिराटनगर । बिराटनगरमा आगामी शुक्रबारदेखि सुरु हुने विराट ट्रेड एक्स्पोमा हेलिकप्टर चढ्न पाइने भएको छ । बिराट ट्रेड एक्स्पोमा अघिल्लो वर्ष झै यस पटक पनि हेलिसिटी टुर समावेश गरिएसँगै दर्शकले साढे ६ हजारमै हेलिकप्टरमार्फत बिराटनगर आसपास उडानको आनन्द लिन पाउँने भएका हुन । 

मोरङ व्यापार संघको आयोजनामा बिराटनगरमा हुने बिराट ट्रेड एक्स्पोमा बिराटनगरकै होटल एसियाटिकसँगको सहकार्यमा हेलिसिटी टुर समावेश गरिएको आयोजक समितिका संयोजक अनुपम राठीले जानकारी दिए । “एक्स्पोलाई नयाँपन दिन पनि हेलिसिटी टुर राखिएको हो,” उनले भने । आयोजकले दुईवटा डायनोसरको प्रतिमा पनि एक्स्पोमा राखिन्दैछ । हेलिसिटी टुर गराउँने निश्चित भएको होटल एसियाटिकका प्रबन्ध निर्देशक पुण्य भट्टराईले बताए । 

null

यसअघि उद्योग संगठन मोरङले आयोजना गरेको अन्तर्राष्ट्रिय औद्योगिक तथा व्यापार मेलामा पनि हेलिसिटी टुर समावेश गरिएको थियो । हेलिसिटी टुर पनि राख्न गर्न चौतर्फी माग आएपछि समावेश गरिएको संघका अध्यक्ष पवनकुमार सारडाले बताए । “सस्तो र सहज रुपमा हेलिकप्टर उडानको आनन्द दिनेछौं,” हेलिसिटी टुरका संयोजकसमेत रहेका भट्टराई भन्छन्, “हवाई जहाज त जो पनि चढेको हुन्छ तर, हेलिकप्टर चढ्ने बिरलै पाइन्छन् । 

त्यसैले सिटी टुर दर्शकका लागि निकै लाभदायक हुनेछ ।” हेलिसिटी टुरका लागि दैनिक २५ उडान हुनेछ । त्यसबाहेक दैनिक २ वटा उडान पाथिभराको उडान गरिने छ । जसका लागि भाडासमेत निश्चित भइसकेको छ । बिराटनगरबाट पाथिभरा पुगेर आएको प्रतिव्यक्ति ३५ हजार रुपैयाँ भाडा कायम गरिएको छ । यसअघि उद्योग संगठनको मेलामा प्रति व्यक्ति ५० हजार लिइएको थियो । संगठनको मेलामा स्थानिय उडानका लागि साढे ७ हजार भाडा कायम गरिएको थियो । “लोकल हेलिसिटी टुरका लागि पनि भाडा घटाएका छौंं,” भट्टराईले भने, “यसपटक साढे ६ हजार कायम गरिएको छ ।” माउन्टेन एयरसँग हेलिसिटीका लागि सहमति भइसकेको उनले जनाए । 

३ लाख बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने एक्स्पोमा ३० करोड बढीको कारोबार हुने आयोजकको अनुमान छ । प्रदर्शनी तथा बिक्रीकक्ष, साँस्कृतिक तथा साँगीतिक कक्ष, बालउद्यान तथा मनोरञ्जन र खाना कक्ष गरी एक्स्पोलाई चार भागमा बिभाजन गरेर व्यवस्थापन गरिएको संयोजक राठीले जानकारी गराए । प्रदर्शनी कक्षमा अटोमोवाइल्स, बैंक तथा बित्तीय संस्था, मोबाइल इलेक्ट्रोनिक्स तथा आइटी, निर्माण सामग्री, अन्तर्राष्ट्रिय औद्योगिक उपकरण, कृषि तथा जडिबुटी, पर्यटन, दैनिक उपभोग्य सामग्री, हस्तकला, तयारी पोशाक र जुत्ताचप्पलको स्टल रहनेछन् । 

एक्स्पोमा आउने दर्शकलाई स्थानिय र राष्ट्रिय कलाकारले भरपुर मनोरञ्जन प्रदान गर्नेछन् । एक्स्पोमा २ सय ७५ स्टल रहने छन भने ३ लाख दर्शकले अवलोकन गर्ने मेला आयोजकले दावी गरेका छन् । एक्स्पोमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान लगायतका मुलुकले स्टल रहने छन । १ करोड ७ लाखको लागतमा आयोजना हुने एक्स्पोमा ३० करोड बढीको कारोबार हुने जनाईएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *