वीरगञ्जमा मोटरसाइकल दुर्घटना, युवकको मृत्यु

२०७५ मंसिर १८ गते

मंसिर १८, पर्सा । वीरगञ्ज–पोखरिया सडकखण्डको गर्दौलमा आज मोटरसाइकल र जिप एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।
वीरगञ्जबाट पोखरियातर्फ जाँदै गरेको ना१ज ३८२४ नं को म्याजिक जिपले विपरीत दिसाबाट आउँदै गरेको ना१२प ५३९७ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार पोखरिया नगरपालिका–९ बैरियाविर्ताका २४ वर्षीय मुखिया विणको मृत्यु भएको हो ।
उनको उपचारको क्रममा मृत्यु भएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । जिप चालक फरार छन् । उनको खोजी भइरहेको छ ।
null

२०७५ मंसिर १८ गते
प्रतिक्रिया
सम्बन्धित