बार्सिलोनाका स्ट्राइकर अल्कासर डर्टमण्डमा अनुबन्धित

एजेन्सी । बार्सिलोनाका स्पेनिस स्ट्राइकर पाको अल्कासर जर्मन क्लब बोरुसिया डर्टमण्डमा अनुबन्धित भएका छन् ।  डर्टमण्डले स्ट्राइकर अल्कासरलाई पाँच बर्षको लागि क्लबमा भित्र्याएको हो । 

बुन्डेस लिगा क्लब डर्टमण्डबाट लोनमा खेलिरहेका अल्कासरले क्लबसंग शुक्रबार सम्झौता गरेका छन् । सम्झौतासंगै २५ बर्षीय अल्कासर सन् २०२३ सम्म डर्टमण्डमा रहनेछन् । 

अल्कासर यसै सिजन बार्सिलोनाबाट लोनमा डर्टमण्ड पुगेका थिए । डर्टमण्डले अल्कासरलाई २२.७ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । 

null

अल्कासरले डर्टमण्डबाट यस सिजन ८ खेलमा ९ गोल गरिसकेका छन् । 

भ्यालेन्सियाका पुर्व स्ट्राइकर समेत रहेका अल्कासरले बार्सिलोनाबाट दुई सिजन खेल्दै १५ गोल गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *