मेयर कप फुटबलको उपाधि दुहवी १० को पोल्टामा

मंसिर १२, दुहवी । सुनसरीको दुहवीमा जारी प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि दुहवी वडा नं. १० ले हात पारेको छ । दुहवी वडा नं.७ लाई ८–० को पराकिलो गोल अन्तरले पराजित गर्दै उपाधी हात पारेको हो ।  

खेलको मध्यान्तर अघि नै दुहवी १० का कुन्दन कुमार चौधरीले २ गोल, समित कुमार चौधरीले ३ गोल र कवीन्द्र नारायण चौधरीले ३ गोल गरेका थिए । भने, बाँकी २ गोल मध्यान्तर पछी भएको थियो ।  

विजेता टिम दुहवी १० लाई खेलका प्रमुख अतिथि दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले नगद ५१ हजार कप तथा मेडल प्रमाणपत्र प्रदान गरे ।  

null

यसैगरि उपविजेता टिम दुहवी वडा नं. ७ ले नगद २५ हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । खेलका विशिष्ट अतिथि अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य दिपक राईले नगद २५ हजार तथा कप, मेडल प्रमाणपत्र प्रदान गरे । 

फाइनल खेलको उत्कृष्ट खेलाडी दुहवी वडा नं. १० का कुन्दन कुमार चौधरी भए । प्रतियोगिताकै उत्कृष्ट गोल रक्षक दुहवी १० कै राम कुमार चौधरी भए ।  

उत्कृष्ट डिफेन्समा दुहवी वडा नं. ७ का जर्सी सुरज माझी भए । उत्कृष्ट फरर्वाड दुहवी १० का कविन्द्र नारायण चौधरी भए । उत्कृष्ट मिड फिल्ड पनि दुहवी १० कै अजित कुमार चौधरी भए । खेलका उदयीमान खेलाडी ग्रिस चौधरी भए ।  

प्रतियोगिताकै हाइ स्कोररमा दुहवी २ का श्रवण कुमार गच्छदार र दुहवी १० का समित कुमार चौधरी भए । प्रतियोगिताभरको उत्कृष्ट खेलाडी दुहवी १० का प्रल्हाद कुमार माझी भए ।  

यसैगरि उत्कृष्ट जर्सीमा दुहवी ५ का वडाध्यक्ष रमेश कुमार भए । फेयर प्ले दुहवी ३ का भयो । उत्कृष्ट प्रशिक्षकमा दुहवी १० का शिव प्रकास चौधरी भए । उत्कृष्ट टिम मेनेजर पनि विजेता टीमका देवचरण वहरदार भए । उनीहरुलाई नगद, मेडल तथा ट्रफी प्रदान गरिएको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *