सौन्दर्य बढाउन मसलाको महत्व

मसला यस्तो वस्तु हो जसले हाम्रो तरकारीलाई मिठो बनाउने काम गर्दछ । यदी कुनै तरकारीमा मसला हालिएको छैन भने त्यो तरकारी हेर्दा नै नराम्रो देखिन्छ । खानुमा स्वाद थप्नुको साथै यसले तरकारीको आकर्षक दिने काम गर्दछ । मसला भन्ने बित्तिकै हामी तरकारीमा हाल्ने सामग्री भन्ने बुझ्दछौं । जसरी यसलाई तरकारीमा मिठास थप्नको लागि प्रयोग गर्दछौं त्यसरी नै यसलाई हामीले हाम्रो सौन्दर्यमा बढाउन पनि प्रयोग गर्न सक्छौं । सौन्दर्य कसरी बढाउन सक्छौँ तल बताएको छ । 

१. जिरा– पानीमा जीरा राखेर उमाल्ने र त्यसलाई चिसो बनाएर धुनाले अनुहार सफा र चमकदार बन्छ । जीरा पानीले नुहाउनाले शरीर को दुर्गन्ध र चिलाउने समस्याबाट छुटकारा मिल्छ ।– ३ः१ को अनुपातमा बेसार र जीरा पाउडर मिलाएर प्याक बनाइ अनुहारमा लगाउन सकिन्छ । सुकेपछि अनुहार धुँदा छाला नरम र चमकदार बन्दछ ।– जीराले कपाल मजबुत बनाउनुका साथै कपाल झर्ने समस्याबाट पनि छुटकारा दिलाउँछ ।  

२. हींग– गुलाबजल र मुल्तानी मीट्टीसँग हींगलाई मिलाएर लगाउनाले अनुहारको चाउरीपना हराउँछ । यो फेस प्याकलाई १५ मिनेटसम्म लगाएर पानीले धुनुपर्छ ।– टमाटरको गुदीमा थोरै हींग र चीनी मिलाएर लगाउनाले अनुहारको रङमा निखार ल्याउँछ ।– हींग, दूध, गुलाबजल र मह मिलाएर बनाएको पेस्ट अनुहारमा लगाउनाले अनुहारको रुखोपना हराउँदछ । 

null

३. दालचिनी– दालचिनीमा पाइने एन्टी ब्याक्टेरियल तत्वले रक्तसञ्चारमा सुधार गर्न मद्धत गर्दछ ।– यो डन्डीफोर नियन्त्रणका लागि पनि राम्रो मानिन्छ । दालचिनीको पेस्ट अनुहारमा लगाएमा डन्डीफोर कम हुन्छ । 

४. बेसार– बेसारमा राम्रो एन्टीसेप्टिक, एन्टी बायोटीक र एन्टी एजिङ्गको गुण रहेको हुन्छ ।– छालामा लगाउने क्रिमहरुमा यसको प्रयोग धेरै गरिएको हुन्छ । बेसारमा मह मिलाएर बनाएको फेस प्याक अनुहारमा लगाउनाले छाला आकर्षक हुन्छ ।– बेसारले अनुहारको दाग वा धब्बा कम गर्न मद्धत गर्दछ । 

५. धनिया– धनियाको गेडा रातभरी पानीमा भिजाएर राख्ने, बिहान त्यो पानी आइड्रपको रुपमा प्रयोग गर्नुपर्छ । यसले आँखा सफा गर्नुका साथै शितलता प्रदान गर्दछ । यसको कुलिंग इफेक्ट गर्नुका साथै आँखालाई ब्राइट, शाइनी र सफा राख्दछ । 

६ . मरिच– एक्सफोलिएशनका लागि मरिच धेरै राम्रो मानिन्छ ।– मरिचको पेस्ट बनाएर डन्डीफोर, दाग धब्बा भएको ठाउँमा लगाउँदा प्रभावित त्वचा एक्सफोलिएट हुन्छ जसले स्किन क्लियर देखिन्छ ।  

७ . अदुवा– अदुवाले स्किन टोन निखार्नुको साथै छालाको रंग र टेक्सचरको पनि निखार्दछ ।– अनुहारमा अदुवाको पेस्ट लगाएर केही समयपछि पानीले धुनु पर्दछ । 

८. सुकुमेल – सुकुमेलमा एन्टीआक्सिडेन्टको मात्रा धेरै हुने भएकाले छालालाई पोषण प्रदान गर्दछ ।– यसले एन्टी ब्याक्टेरियलको पनि काम गर्दछ । – सुकुमेलको तेल स्किन एलर्जीमा लाभकारी हुन्छ । यसले दाग, धब्बा बाट बचाउन मद्धत गर्छ ।– सुकुमेल खानाले र यसको तेलले अनुहार मालिस गर्नाले रक्तसञ्चारमा सुधार आउँछ । 

९. तेजपत्ता– यदि डण्डीफोरबाट पिडीत हुनुहुन्छ भने १ सय ग्राम तेजपत्तालाई एक गिलास पानीमा ७ मिनेट सम्म उमाल्ने, छानेर पानी चिसो गरेर एयरटाइट भाडामा राख्ने, दिनमा जति पटक सम्भव हुन्छ कटनबलको सहायताले यो मिश्रणलाइ अनुहारमा लगाउनाले डण्डीफोर हराएर जान्छ ।– तेजपत्ता छालाको एलर्जीमा फाइदाजनक हुन्छ । 

१०. केसर– केसरमा ओलिभ आयल र दुध मिलाएर फेस प्याक बनाएर अनुहारमा लगाउनाले रंगत निखारिन्छ ।– केसरलाई गुलावजलसँग मिसाएर टोनरको जस्तो बनाएर पनि प्रयोग गर्न सकिन्छ ।– केसरले छाला दागरहीत र कोमल बनाइ राख्दछ । 

११. ल्वांग– यदि तपाइ ब्ल्याक हेड्स र ह्वाइट हेड्सबाट चिन्तित हुुनुहुन्छ भने ल्वांगको तेल धेरै उपयोगी मानिन्छ ।– ल्वांगको तेल कुनै फेसप्याकमा मिलाएर लगाउनु पर्दछ । यसलाई सिधै छालामा लगाउनु हुँदैन । 

१२. मेथी – मेथीले छाला, कपाल दुवै स्वस्थ र सुन्दर बनाउन मद्धत गर्छ । मेथीको पेस्टमा नरिवलको तेल वा आलिव ओयल मिसाएर कपालमा लगाउने, सुकेपछि नुहाउनुपर्छ । यसले कपाल मजबुत बनाउनुका साथै कपाल झर्न कम हुन्छ ।– मेथी डण्डिफोर र ब्ल्याकहेड्स कम गर्न उपयोगी हुन्छ । मेथी पिसेर पेस्ट बनाउने र मह मिलाएर राती सुत्नुअघि प्रभावित ठाउँमा लगाउने र बिहान मनतातो पानीले मुख धुने गर्नाले केही दिनमा कम भएर जान्छ ।– मेथीले रंगत निखारिनुका साथै सुर्यको हानीकारक किरणबाट छालाको हिफाजत गर्दछ । 

१३. जायफल– सावुन, स्याम्फू, परफ्यूम आदि बनाउन जायफलको प्रयोग गरिन्छ ।– अनुहारमा रहेको तिलकोठी हटाउन जायफलले मद्धत गर्दछ ।– राती सुत्नु भन्दा पहिले जायफलको लेप लगाउने र सुकेपछि धुने गर्नाले आँखा मुनीको कालो घेरा (डार्कसर्कल) छिटै हराएर जान्छ । 

१४. ज्वानो– ज्वनो पिसेर गुलाव जल र काँक्राको रस मिलाएर लगाउनाले तिलकोठी हराएर जान्छ ।– ज्वानोको पातको जुस पिउनाले छाला हाइडे«ट र ग्लो हुन्छ ।– यसको पातको जुस पिउनाले कपाल स्वस्थ र सुन्दर हुन्छ ।एजेन्सीको सहयोगमा 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *