जिरुडले गरे निर्णायक गोल,चेल्सी युरोपा लिगको नकआउट चरणमा

एजेन्सी । इंग्लिश क्लब चेल्सी युईएफए युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । युरोपा लिग अन्तर्गत बिहिबार राति समूह चरणको चौथो खेलमा बाटे बोरिसोभलाई १ – ० ले हराएर चेल्सीले अन्तिम ३२ को यात्रा तय गरेको हो । 

बोरिसोभको भ्रमणमा निस्किएको चेल्सीका ओलिभर जिरुड नायक बने । जिरुडले निर्णायक गोल गरेपछि चेल्सीले दुई खेल अगावै नकआउट चरणमा पुगेको हो । 

 

null

घरेलु टोलीले पहिलो हाफ गोलरहित बराबरीमा रोकेपनि दोस्रो हाफमा जिरुड चम्किएका थिए । उनले खेलको ५२ औं मिनेटमा गोल गर्दै चेल्सीलाई १ – ० को जित दिलाए । जिरुडले गत मे महिनापछि चेल्सीका लागि पहिलो गोल गरेका हुन् । 

 

जितसंगै समूह ‘एल’ चेल्सीले ४ खेलबाट ४ जितसहिअत १२ अंक जोडेर नकआउट चरणमा स्थान बनायो । चेल्सीले सन् २०१२ पछि पहिलोपटक युरोपा लिगमा ४ खेलमा लगातार जित निकालेको हो । पराजित बोरिसोभको ३ अंक जोडेर पुछारमा छ । 

 

यसै समूहको अर्को खेलमा भिडी एफसीले थेसालोन्की एफसीलाई १ – ० ले नै हराएको छ । दोस्रो स्थानमा रहेको भिडीको ६ अंक छ भने  थेसालोन्कीको ३ अंक छ । 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *