गभर्नस गोल्डकपको उपाधि मनाङलाई

कात्तिक १७, काठमाडौं । सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले गभर्नस गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिक्किममा शनिबार भएको फाइनलमा रेड आर्मी क्लबलाई १ – ० ले हराएर मनाङले उपाधि जितेको हो । 

गान्तोकस्थित पाल्जोर स्टेडियममा मनाङलाई जित दिलाउन खेलको ८१ औं मिनेटमा सुजल श्रेष्ठले निर्णायक गोल गरे । मनाङ बिहीबारकाे सेमिफाइनलमा कोलकाता एटिकेलाई ६–२ ले हराउँदै फाइनलमा प्रवेश गरेकाे थियाे ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *