पोर्चुगल र पोल्यान्डको बराबरी

एजेन्सी – युइएफए नेसन्स लिग फुटबलको सेमिफाइनलमा स्थान बनाइसकेको पोर्चुगल लिग चरणको अन्तिम खेलमा पोल्यान्डसँग बराबरीमा रोकिएको छ । 

मंगलबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको पोर्चुगल पोल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदान डोम अलफान्सो मैदानमा भएको खेलमा आन्द्रे सिल्भाको गोलबाट पोर्चुगलले खेलको ३४औं मिनेटमा अग्रता बनाएको थियो । सिल्भाले रेनाटो सान्चेजको पासलाई सदुपयोग गरेका थिए। 

६३औं मिनेटमा पोर्चुगलका ड्यानिलो परेराले अर्काडिउज मिलिकलाई डि–बक्समा गम्भीर फल गर्दा सोझै रातो कार्ड पाउदा पोल्यान्डले पेनाल्टीको मौका पाएको थियो । सोही पेनाल्टीलाई मिलिकले सदुपयोग गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। त्यसपछि थप गोल निस्कन नसक्दा खेल १–१ गोलको बराबरीमा सकियो । 

null

बराबरीपछि लिग ए को समूह ३ मा रहेको पोर्चुगलको ४ खेलबाट ८ अंक पुग्यो । पोल्यान्डले २ अंक मात्र जोड्न सक्दा इटालीले ५ अंक जोड्यो । 

मंगलबार राति नै भएको नेसन्स लिग बी को समूह २ को खेलमा स्वीडेनले रसियालाई २–० ले पराजित गर्दै अर्काे चरणमा प्रवेश गर्न सफल भएको छ । समान ७ अंक भएपनि स्वीडेनले रसियालाई गोलअन्तरमा पछि पार्दै अर्काे चरणका प्रवेश गर्न सफल भएको हो । यो समूहबाट टर्की रेलिगेसनमा पर्यो । स्वीडेनको जितमा भिक्टर निल्सन लिन्डलफ र मार्कस वर्गले गोल गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *