म्याजिक बस ठक्करबाट १ को मृत्यु १ घाईते

राजविराज, मङ्सिर १४ । राजविराज–रुपनी सडकखण्डअन्तर्गत सप्तरीको रुपनी गाउँपालिका–१ मा बसको ठक्करबाट हिजो राति एक महिलाको मृत्यु भएको छ । 

राजबिराजबाट रुपनीतर्फ जाँदै गरेको ना १ ज  ८१०३ नंको म्याजिक बसले पैदलयात्री स्थानीयवासी ३८ वर्षीया प्रमिलादेवी पासवान र उहाँको साथमा रहेकी १४ महीनाकी छोरी प्रबती कुमारीलाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो । दुर्घटनामा परी दुवै जना घाइते भएका थिए । 

बसको ठक्करबाट गम्भीर घाइते प्रमिलाको रुपनीस्थित युनिक अस्पतालमा उपचारको क्रममा हिजो राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाईते छोरीको भने उपचारको क्रम जारी छ । बसका साथै चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *