रोनाल्डोले गोल गरे, तर युभेन्टसले युनाइटेडलाई हराउन सकेन

एजेन्सी । यूएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिश क्लब म्यानचेस्टर युनाइटेडले इटालियन क्लब युभेन्ट्सलाई उसैको मैदानमा पराजित गरेको हो ।  

टुरिनमा बुधबार राति भएको समूह चरण अन्तर्गतको खेलमा युनाइटेडलाई युभेन्ट्सलाई २ – १ गोल अन्तरले हराएको हो । युभेन्ट्सको मैदानमा सुरुवाती अग्रता उल्टाएर युनाइटेडले जित निकालेको हो ।  

 

null

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा युनाइटेडको जितमा हुवान माटाले एक गोल गरे ।  युनाइटेडले एक गोल आत्मघाती उपहार पाएको थियो । युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोले एक गोल गर्दा लियोनार्दो बोनुसीले आत्मघाती गोल गरेका थिए । 

खेलमा सुरुवाती अग्रता घरेलु टोली युभेन्ट्सले खेलको ६५ औं मिनेटमा रोनाल्डोको गोलबाट बनाएको थियो । तर, खेलको ८६ औं मिनेटमा माटाले फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै युनाइटेडलाई खेलमा फर्काए । 

त्यसपछि खेलको ९० औं मिनेटमा डिफेन्डर बोनुसीले आत्मघाती गोल गरेपछि खेल युनाइटेडले २ – १ ले आफ्नो बनायो ।  

जितसंगै युनाइटेडले युभेन्ट्सविरुद्ध घरेलु मैदानमा व्यहोरेको हारको समेत बदला लिएको छ । समूह चरणको तेस्रो खेलमा युभेन्ट्ससंग युनाइटेड घरेलु मैदानमा १ – ० ले पराजित भएको थियो । 

 

जितपछि समूह ‘एच’ को युनाइटेडले ४ खेलबाट ७ अंक जोडेको छ ।  र, समूहको दोस्रो स्थानमा छ ।  युनाइटेडको नकआउट चरण पुग्ने सम्भावना बलियो बनेको छ ।  

यता, युभेन्ट्सको भने अपराजित यात्रामा पूर्णबिराम लागेको छ । लिगको शीर्ष स्थानमा रहेको युभेन्ट्सले ४ खेलबाट ९ अंक जोडेको छ । यो हारसंगै युभेन्ट्सले दुई खेल अगावै नकआउट चरणमा पुग्ने सम्भावना गुमाएको छ । 

यसै समूहको अर्को खेलमा भ्यालेन्सियाले योङ ब्वाइजलाई ३ – १ ले हराएको छ । ५ अंक जोडेको भ्यालेन्सिया तेस्रो र १ अंक जोडेको ब्वाइज लिगको पुछारमा रहेको छ । 

 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *