पीपीएलः पोखरामाथि धनगढीको जित, धनगढीको दोस्रो चरणको सम्भावना बलियो

कात्तिक १६, काठमाडौँ । पोखरा प्रिमियर लिग (पीपीयल) अन्तर्गत पोखरा पल्टनविरुद्ध एक्सपर्ट धनगढी ब्लुजले जित हात पारेको छ । 

धनगढी ब्लुजले पोखरा पल्टनलार्इ २ विकेटले पराजित गरेको हो । जित हात पारेसँगै धनगढी एक्सपर्टस् अंकतालिकामा शीर्ष स्थानमा पुगेको छ । जितसँगै धनगढीले आफ्नो ५ खेल खेल्दै शीर्ष स्थानमा उक्लिएको छ भने प्ले अफमा पुग्ने सम्भावनालाई पनि बलियो बनाएको छ । 

पोखराले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको धनगढीले अन्तिम बल बाँकी छदैँ ८ विकेट गुमाएर भेटायो। 

null

धनगढीका लागि दिपेन्द्र सिंह ऐरीले २६ बलमा ४९ रन बनाए । उनले ४ छक्का र ४ चौका प्रहार गरे । पिटर ट्रेग्रोले ५३ रनको अर्धशतक बनाए । उनले ३४ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । यस्तै दीपेन्द्रले १ छक्का र दुई चौका प्रहार गरे । ओपनर शुभेन्दु पाण्डेले २२ रन बनाए । 

बलिङतर्फ पोखराका राशिद खानले ४ विकेट लिए । उनले ४ ओभरमा २४ रन खर्चेका थिए । त्यस्तै, विक्रम भुसाल र ललितनारायण राजवंशीले समान २९२ विकेट लिए । 

टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन बनायो । 

पोखारले अन्तिम ५ ओभरमा ५९ रन जोडेको थियो। पोखराका रासिद खानले १५ रन बनाए । उनले ८ बलमा १–१ चौका र छक्का प्रहार गरे । विक्रम भुषालले ८ रन बनाए । नटआउट १५ रन जोडे । उनले ८ बलमा १–१ चौका र छक्का प्रहार गरे । यस्तै रोहितकुमार पौडेलले ३१ रन बनाए । उनले २१ बलमा ४ चौका र १ छक्का प्रहार गरे । 

यस्तै पोखराका रविइन्दर सिंहले २८, आसिफ सेखले २३, शरद भेषावकरले १४ र मोहम्मद नाविदले ११ रन जोडे। ओपनर कुशल भुर्तेल ३ रनमै आउट भए । कमलसिंह ऐरीबाट रनआउट हुनुअघि उनले २ छक्का प्रहार गरे । 

धनगढीका कमलले ४ ओभरको स्पेलमा एक ओभर मेडन राख्दै २३ रन खर्चेर ४ विकेट लिए। यस्तै उसका पिटर ट्रेगो, डेविड लवारेन्स र रविन क्षेत्रीले समान १–१ विकेट लिए। 

यता, पोखराको पनि शीर्ष तीनमा पुग्ने सम्भावना कायमै रहेको छ । लिगको शीर्ष स्थानमा पुग्ने टिम फाइनलमा प्रवेश गर्ने छ भने दोस्रो र तेस्रोले प्ले अफ खेल्नेछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *