सन्दीप फेरि पनि दिल्ली डेयर डेभिल्समा

कात्तिक ३०, काठमाडौँ । नेपाली क्रिकेटर सन्दीप लामिछानेले आगामी आईपिएल सिजन दिल्लीबाटै खेल्ने पक्का भएको छ । 

फेरि पनि आइपीएल खेल्ने पक्का भएको छ । उनी दिल्ली डेयरबाट इन्डियन प्रिमियर लिग (आइपीएल) खेल्ने भएका हुन् । 

इन्डियन प्रिमियर लिग–आईपिएल क्रिकेट क्लब दिल्ली डेयर डेभिल्सले नेपाली युवा स्पीनर सन्दीप लामिछानेलाई पुनः अनुबन्ध गरेको हो । 

null

दिल्लीले नयाँ सिजनको आइपीएलका लागि रिटेन लिस्टमा सन्दीपसमेत रहेका छन् । गत सिजनको अक्सनमा दिल्लीले सन्दीपलाई २० लाख भारुमा किनेको थियो । 

दिल्लीले गत संस्करणमा सन्दीपलाई २० लाख भारतीय रुपैयाँमा आवद्ध गरेको थियो। सन्दीप आईपिएलमा आवद्ध हुने पहिलो नेपाली क्रिकेटर बनेका थिए। तर पहिलो सहभागितामै बेजोड प्रदर्शन गरेपछि सन्दीपलाई दिल्लीले रिटेन गरेको हो। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *