पछिल्ला ६ खेलमा रियल मड्रिडको पहिलो जित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकालेको छ । प्रशिक्षक सान्टियागो सोलारीको पहिलो लिग खेलमा रियलले रियल भालाडोलिडलाई २–० गोल अन्तरले पराजित गरेको हो । 

पछिल्ला ६ खेलमा रियलले पहिलो जित दर्ता गराएको छ । रियलको जितमा एक आत्मघाति र अर्को पेनाल्टी गोल निर्णायक बन्यो । 

 

null

नयाँ प्रशिक्षकको नेतृत्वमा पहिलो पटक लिगमा उत्रिएको रियलमा पुरानै समस्या प्रष्ट देखिएको थियो । उसले गोलका लागि खेलको अन्तिम समयसम्मै पर्खनु परेको थियो । दोस्रो हाफमा भालाडोलिडका दुई प्रहार पोस्टमा लागेर फर्किएको थियो । 

८३ औ मिनेटमा ब्राजिलियन युवा खेलाडी भिनिसियस जुनियरको प्रहार भालाडोलिडका डिफेन्डर किको ओलिभसलाई लागेर पोस्टमा छिरेको थियो । सोही आत्मघाति गोलबाट रियलले खेलमा अग्रता लिएका थियो । 

खेल सकिन दुई मिनेट बाँकी छदाँ रियलले पेनाल्टीको अवसर पायो । करिम बेन्जिमालाई डि बक्सभित्र लडाँएपछि प्राप्त पेनाल्टीमा कप्तान सर्जियो रामोसले गोल गरेका थिए । 

 

रियलले पछिल्ला पाँच खेलमा मात्र एक अंक जोडेको थियो । गत आईतबार भएको एल क्लासिकोमा रियल घरेलु मैदानमा बार्सिलोनासंग ४–० ले पराजित भएको थियो । लगत्तै प्रशिक्षक जुलेन लुपेटेगुईलाई क्लबले बर्खास्त गरेको थियो । 

सोलारी रियलको बी टिमका प्रशिक्षक हुन् । उनलाई क्लबले अहिले अन्तरिम प्रशिक्षकको रुपमा नियुक्त गरेको छ । उनले यसै हप्ता कोपा डेल रेमा तेस्रो डिभिजनको क्लबविरुद्ध सहज जित निकालेका थिए ।  

जितपछि रियल ११ खेलबाट १७ अंक जोड्दै तालिकाको छैटौ स्थानमा उक्लिएको छ । भालाडोलिड १६ अंक सहित आठौ स्थानमा छ । शीर्ष स्थानको बार्सिलोनाको १० खेलबाट २१ अंक छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *