बार्सिलोना दुई खेल अगावै च्याम्पियन्स लिगको नकआउट चरणमा

एजेन्सी । स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा ईटालियन क्लब ईन्टर मिलानसंग बराबरी खेल्दै स्पेनिस महारथी दुई खेल अगावै प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको हो । 

चोटका कारण मैदान बाहिर रहेका लियोनल मेस्सीबिना मैदान उत्रिएको बार्साले ईन्टरसंग १–१ को बराबरी खेल्दै अंक बाँडेको हो । सिल्भा डी ओलिविराले ८३ औ मिनेटमा बार्सिलोनालाई अग्रता दिलाएपनि खेल सकिन ३ मिनेट बाँकी छदाँ ईन्टरका माउरो इकार्डीले बराबरी गोल फर्काएका थिए । 

समूह ‘बी’ मा बार्साले ४ खेलबाट १० अंक जोडेर नकआउट चरणमा स्थान बनायो । ईन्टर मिलान ७ अंक सहित प्रि क्वार्टरफाईनलको नजिक रह्यो । 

null

यसै समूहको अर्को खेलमा प्रिमियर लिग क्लब टोटेनहमले पीएसभीलाई पराजित गर्दै अघिल्लो चरण प्रवेशको सम्भावनालाई कायमै राखेको छ । उसले घरेलु मैदानमा पीएसभीलाई २–१ ले हरायो । टोटनहमका लागि दुवै गोल ह्यारी केनले गरे । 

डि जोङको गोलमार्फत पाहुना टोलीले खेलको दोस्रो मिनेटमै अग्रता लिएपनि टोटनहमले खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो । ७८ औ मिनेटमा बराबरी गोल फर्काएका केनले खेल सकिन एक मिनेट बाँकी छदाँ विजयी गोल गरेका थिए । टोटनहम ४ खेलबाट ४ अंक बटुलेर तालिकाको तेस्रो स्थानमा छ । पीएसभी १ अंक सहित पुछारमा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *