‘ए’ डिभिजन लिग : मनाङ र एपीएफ, ब्रिगेड ब्वाईज र सरस्वती युथ क्लब भिड्दै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत चौथो चरणका अन्तिम खेल आज हुदैछन् । पहिलो खेलमा ब्रिगेड ब्वाईज युथ क्लब र सरस्वती युथ क्लबले  तथा दोस्रो खेलमा सिग्नेचर मनाङ मस्र्याङ्दी क्लब र विभागीय टिम एपीएफ आमने सामने हुनेछन् । 

मंगलबार हुने दोस्रो खेलमा मैदान उत्रदै गर्दा कमजोर प्रर्दशन गरिरहेको एपीएफविरुद्व जित निकाल्दै तालिकामा अग्रता लिन मनाङलार्इ सुनौलो अवसर प्राप्त छ ।  

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो साढे २ बजे सुरु हुनेछ । 

null

लिगमा सतप्रतिशत जित निकाल्ने मनाङ एक्लो टोली हो । एपीएफले एक हार, एक बराबरी र एक जितको नतिजा निकालेको छ । चरणको खेलमा उपाधि दाबेदार थ्रीस्टार क्लबलाई पराजित गरेको मनाङले त्यसअघि एनआरटी र ब्रिगेड ब्वाईजलाई पराजित गरेको थियो । 

एपीएफले पहिलो खेलमा हिमालयन शर्पासँग गोल रहित बराबरी खेलको थियो । दोस्रो खेलमा फ्रेन्ड्सविरुद्व जित निकालेको उसले तेस्रो खेलमा ब्रिगेड ब्वाईजसंग पराजित हुन पुगेको थियो । 

सुजल श्रेष्ठ र प्रकाश बुढाथोकीलाई चोटले पिरोलेको मनाङलाई बेन्चको खेलाडीले बलियो साथ दिएका छन् । बेन्चमा रहेका डोना थापा, विमल राना मगर, दिपक राईको प्रर्दशनले मनाङलाई थप बलियो बनाएको छ । दोहोरो पहेँलो कार्डका कारण थ्री स्टारविरुद्वको खेलमा निलम्बनमा रहेका ओलावाले आफिज एपिएफविरुद्ध मैदान उत्रनेछन् । 

मनाङ ३ खेलबाट ९ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । एपीएफ ४ अंक सहित आठौ स्थानमा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *