‘ए’ डिभिजन लिगमा शुक्रबार तीनवटा खेल हुने

काठमाडौँ– शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार तीनवटा खेल हुनेछन् । शुक्रबार पहिलो खेल एन्फा मैदान सातदोबाटोमा ब्रिगेड ब्वाइज क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच हुनेछ । 

अर्को खेल सोही मैदानमा त्रिभुवन आर्मी  क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ । तेस्रो खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा मछिन्द्र क्लब र  सङ्कटा क्लबबीच हुनेछ । 

ब्रिगेड ब्वाइज अघिल्लो दुई खेलमा पराजित हुँदै लिग अङ्क तालिकाको पुछारमा छ भने एपिएफ एक जित र एक बराबरीका साथ चार अङ्क जोड्दै तालिकाको सातौँ स्थानमा छ । 

null

त्रिभुवन आर्मी अघिल्ला दुई खेलमा जित निकाल्दै ६ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ भने नेपाल पुलिस एक जित र एक बाराबरीका साथ चार अङ्क जोड्दै तालिकाको चौथो स्थानमा छ । 

मछिन्द्र एक जित र एक बराबरीका साथ चार अङ्क जोड्दै तालिकाको छैटौँ स्थानमा रहँदा सङ्कटा समान खेलबाट चार अङ्क जोडदै लिगको पाँचौ स्थानमा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *