कपिलवस्तुमा बस दुर्घटनाः १५ जना घाइते, चालकको अवस्था गम्भीर

मंसिर १४, कपिलवस्तु । कपिलवस्तुको गोरुसिंगेमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । 

कृष्णनगरबाट बुटवलतर्फ जाँदै गरेको लु१ख ५८३३ नम्बरको बस दुर्घटना हुँदा १५ जना घाइते भएका हुन् । 

उक्त बस पूर्व–पश्चिम राजमार्ग अन्र्तगत कपिलवस्तुको बुद्धभूमि नगरपाकालि गोरुसिंगे नजिकै जंगल किनारमा पल्टिएर दुर्घटना भएको प्रहरीले जानकारी दिए । 

null

घाइतेमध्ये ८ जनालाई जितपुरमा उपचारपछि घर पठाइएको र बांकी ७ जनालाई थप उपचारका लागि बुटवल पठाइएको छ । बस चालक २८ वर्षीय रमेश पुन गम्भीर घाइते भएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *