अमेरिकाविरुद्ध रूनीकाे कप्तानी, मैदानमा ‘गार्ड अफ अनर’ दिइने

कात्तिक २९, काठमाडौँ । अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरिसकेका इंग्ल्याण्डका पुर्व कप्तान वायन रुनीले विदाई खेलमा कप्तानी गर्ने भएका छन् । 

स्ट्राइकर रुनीले आज राति घरेलु मैदानमा अमेरिकाविरुद्धको मैत्रीपूर्ण खेल खेल्दै थ्री लायन्स टोलीबाट बिदा लिँदैछन् । उक्त खेल इंग्ल्याण्डको राष्ट्रिय रंगशाला वेम्बली स्टेडियममा नेपाली समय अनुसार राति १ः४५ बजे सुरु हुनेछ । 

अमेरिकाविरुद्ध हुने बिदाई खेलमा रुनी दोस्रो हाफमा मैदान छिर्ने छन् । पहिलो हाफमा भने इंग्ल्याण्डको कप्तानी फाबियन डेल्फले गर्नेछन् । 

null

रुनी मैदान छिरेपछि डेल्फले रुनीलाई कप्तानको आर्मब्याण्ड दिनेछन् । रुनीले आफ्नै पुरानो १० नम्बरको जर्सीमा मैदान उत्रने छन् । मैदानमा रुनीलाई ‘गार्ड अफ अनर’ प्रदान गरिनेछ । 

३३ बर्षीय रुनीले सन् २०१७ मै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका थिए । रुनीले सन् २०१६ को नोभेम्बरपछि थ्री लायन्सका लागि खलेका छैनन् । रुनीले इंग्ल्याण्डबाट पछिल्लोपटक स्कटल्याण्डविरुद्ध खेल खेलेका थिए । 

तर, इंग्ल्याण्ड फुटबल एसोसिएसनले कीर्तिमानी गोलकर्ता रुनीको सम्मानमा बिदाई खेल राखेको हो । रुनी गत सोमबारबाट इंग्लिश टोलीको अभ्यासमा सामेल भईसकेका छन् । 

म्यानचेस्टर युनाइटेड र एभर्टनका पुर्व स्ट्राइकर समेत रहेका रुनीले इंग्ल्याण्डका लागि ११९ खेल खेल्दै कीर्तिमानी ५३ गोल गरेका छन्। उनी इंग्ल्याण्डका लागि सर्वकालीन सर्वाधिक गोलकर्ता हुन् । अमेरिकाविरुद्धको खेल रुनीको १२० औं क्याप हुनेछ । 

रुनी हाल अमेरिकाको मेजर सकर लिग क्लब डीसी युनाइटेडबाट खेलिरहेका छन् । छोटो समयमै रुनीले अमेरिकी लिगमा प्रभाव जमाइसकेका छन् । उनले २१ खेलमा १२ गोल गरिसकेका छन् । 

यस्तै यस मैत्रीपूर्ण खेलबाट वायन रुनी फाउण्डेसनका लागि फण्ड समेत जम्मा गरिनेछ । 

-एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *