चौतारी लघुवित्तको आइपीओ मंसीर १९ गतेबाट

मंसिर १२, काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्थाले मंसिर १९ गतेदेखि सर्वसाधारणलाई ५ लाख ६० हजार ७०० कित्ता आइपीओ बिक्री खुला गर्ने भएको छ ।  

कुल ६ लाख कित्तामध्ये ९ हजार ३०० कित्ता सेयर कर्मचारी र ३० हजार कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएर बाँकी सेयर सर्वसाधारणालाई बिक्री गर्न लागिएको हो । 

चौतारीको आइपीओमा मंसिर २३ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा सबै सेयर नबिकेमा भने पुस १९ गतेसम्म भर्न सकिनेछ । न्यूनतम ५० कित्तादेखि अधिकतम ३ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ । 

null

लगानीकर्ताले सी–आस्वाको माध्यमबाट सेयर भर्न सक्नेछन् । यसमा एनआइबीएल एस क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले चौतारीको आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ । 

यसको केन्द्रीय कार्यालय बुटवलमा रहेको छ । चौतारी लघुवित्तले लुम्बिनी अञ्चलका ६ र राप्ती अञ्चलका ४ वटा जिल्लालाई कार्यक्षेत्र बनाएको छ ।  

लघुवित्तको जारी पुँजी १८ करोड ६० लाख रुपैयाँ रहेको छ । यसमध्ये १२ करोड ६० लाख रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *