फेरी अनशन बस्दैछन् डा. गोविन्द केसी !

मंसिर १०, काठमाडौँ । प्राध्यापक डा. गोविन्द केसी फेरि अनशन बस्ने तयारीमा छन् । 

चिकित्सा शिक्षामा सुधारको माग गर्दै पटक–पटक अनशनमा बस्दै आएका डा. गोविन्द केसी तीन हप्ताभित्र सरकारले गरेको सम्झौता कार्यान्वयन नभए फेरी अनसन बस्ने भएका हुन् । 

सोमबार दिउँसो पत्रकार सम्मेलन गरी उनले आफ्नो सत्याग्रहका बेला भएको सम्झौता तीन हप्ताभित्र सरकारले कार्यान्वयन नगरे १६ औँ अनशन बस्ने चेतावनी दिए । 

null

साथै डा. केसीले निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न पनि माग गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *