म्यानचेस्टर सिटी काराबाओ कप फुटबलको क्वाटरफाइनलमा

एजेन्सी । इंग्लिश प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी काराबाओ कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहिबार राति भएको खेलमा फुलहमलाई २ – ० ले हराएर सिटीले क्वाटरफाइनलमा स्थान बनाएको हो । 

घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन १९ बर्षिय युवा खेलाडी ब्राहिम डेइजले दुई गोल गरे । 

खेलको १८ औं मिनेटमा गोल गर्दै डेइजले सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६५ औं मिनेटमा डेइजले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २ – ० को जित दिलाए । डेइजले सिटीको सिनियर टोलीबाट पहिलोपटक गोल गरेका हुन् । 

null

अब सिटीले अन्तिम आठमा लेष्टर सिटी र साउथह्याम्पटनबीचको विजेतासंग खेल्नेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *