प्रेम सम्बन्धले गुम्यो मन्त्री पद, सांसद पद के हुन्छ ?

कात्तिक ३०, काठमाडौँ । सुदुरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्रीबाट बर्खास्त गरिएका दीर्घ सोडारीलाई नेकपाले साधारण सदस्य पनि नरहने गरी निष्कासन गरेको छ । 

प्रदेश सरकार र आफ्नै पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएका सोडारीको सांसद पद भने रहिरहने भएको छ । नेकपाले कारबाही गरिएको जानकारी गराएपछि भने सुदूरपश्चिम प्रदेश सभामा उनको हैसियत ‘स्वतन्त्र सांसद’का रूपमा रहने जनाएको छ । 

नेकपाले कारबाही गरिएको औपचारिक जानकारी संसद्लाई नगराएसम्म उनी सक्तापक्षकै सांसदका रूपमा रहने न्यायाधिवक्ता उपाध्यायले बताए । 

null

नेकपाका स्थानीय नेताहरुको अनुसार, उनी लामो समयदेखि धनगढीकै एक महिलासँग प्रेम सम्बन्धमा थिए । 

त्यो स्थानीय नेता र कार्यकर्ताहरुलाई पनि पहिल्यैदेखि जानकारी थियो । 

यही विषय उनकी श्रीमतीले थाहा पाएपछि पटक—पटक विवाद पनि हुँदै आएको थियो । 

तर, पछिल्लो समय उनीहरुको सम्बन्ध बिग्रिएको नेकपा कार्यकर्ताहरुको भनाई छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ । 

यसमा नेकपाभित्रको गृटगत राजनीतिले थप विवाद बढाएको स्थानीय नेता बताउँछन् । 

उनीहरुको अनुसार सोडारीले फोन गरेको र उनकी श्रीमतीले ती महिलालाई फोनमै गाली गरेको रेकर्ड केन्द्रसम्म पुगेको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *