पछि परेको बार्सिलोनालाई सुवारेज र डेम्बेलेले जिताए

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानमा बार्सिलोनाले जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले रायो भालेसानोलाई ३ – २ ले हराएको हो । 

भालेसानोको मैदानमा बार्सिलोनालाई जित निकाल्न लुइस स्वारेजले दुई गोल गरे । यस्तो ओसुमाने डेम्बेलेले एक गोल थपे । भालेसानोका जोसे पोजो र अल्भारो ग्रासियाले एक एक गोल गरे । 

 

null

पहिलो हाफको १० औं मिनेटमा स्वारेजको गोलबाट बार्सिलोनाले अग्रता बनाएको थियो । खेलको ३५ औं मिनेटमा भालेसानोका पोजोले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए । 

खेलको ७५ औं मिनेटमा ग्रासियाले गोल गर्दै घरेलु टोलीलाई २ – १ को अग्रता दिलाए । तर, ८७ औं मिनेटमा बार्सिलोनाका डेम्बेलेले गोल गर्दै खेल २ – २ को स्थितिमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयको पहिलो मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३ – २ को जित दिलाए । 

 

जितसंगै बार्सिलोनाले ११ खेलबाट २४ अंक जोडेको छ । पराजित भालेसानो ६ अंक जोडेर अन्तिमनबत दोस्रोमा छ ।  बार्सिलोना दोस्रो स्थानको एट्लेटिको मड्रिडभन्दा ४ अंकले अघि छ । शनिबार एट्लेटिको लेगानेससंग १ – १ गोलको बराबरीमा रोकिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *