पोखरा प्रिमियर लिगः पोखराले जित्यो उपाधि, चितवन ३ विकेटले पराजित

कात्तिक २०, काठमाडौँ । पोखरा प्रिमियर लिग (पीपीयल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि पोखरा पल्टनले जितेको छ । 

पोखरा रंगशालामा भएको फाइनल खेलमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै पोखरा पल्टनले उपाधि हात पारेको हो । 

पोखरा प्रिमियर लिग ९पीपीएल० क्रिकेट प्रतियोगितामा चितवन राइनोजलाई ३ विकेटले हराउँदै पोखरा पल्टनले उपाधि जितेको छ । 

null

चितवनले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको पोखराले १९.२ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो । 

पोखराका लागि रविइन्दर सिंहले ५८ बलमा १३ चौका र ३ छक्का प्रहार गरे । मोहम्मद नाभिदले १४ बलमा २५ रन बनाए । पोखराका कप्तान शरद भेषावकरले २२ रन बनाए भने आशिफ शेखले १२ रनमा आउट भए । 

बलिङतर्फ चितवनका लागि भुवन कार्कीले २ विकेट लिए । त्यस्तै, पारस, सन्नी पटेल र करण केसीले समान १र१ विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १६० रन जोड्न सक्यो । 

चितवनका लागि कप्तान पारस खड्काले अर्धशतकीय इनिङस खेले । कप्तान पारसले ३७ बलमा ९ चौकासहित ५१ रन जोडे । रन आउट हुनुअघि पारसले दोस्रो विकेटका लागि अनिल कुमार साहसंग ७६ रनको साझेदारी गरे । अनिल ३७ रनमा आउट भए । 

त्यस्तै सन्नी पटेलले ४३ रन जोड्दा आरिफ शेखले १४ रन बनाए । 

पोखराका लागि कृष्ण कार्कीले २ विकेट लिदा मोहमद नाभिद र ललित नारायण राजवंशीले १–१ विकेट लिए । 

पीपीएलको विजेता पोखराले ट्रफिसहित २७ लाख नगद पुरस्कार प्राप्त गरेको छ । त्यस्तै, उपविजेता बनेको चितवनले १० लाख नगद प्राप्त गरेको छ । 

प्रतियोगितामा ६ फ्रेन्चचाइज टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरहरुले सुजुकी जिक्सर १ सय ५५ सीसी मोटरसाइकल प्राप्त गर्ने छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *