कम्बोडियाका प्रधानमन्त्री हुन सेन पाटन भ्रमणमा

 

मंसिर १४, काठमाडौँ । कम्बोडियाका प्रधानमन्त्री हुन सेनले पाटन दरबार क्षेत्रको भ्रमण गरेका छन् । 

एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिन आएका उनीसँगै झण्डै ६० जनाको कम्बोडियाली प्रतिनिधिमण्डलले पाटन दरबार क्षेत्रको भ्रमण गरेको ललितपुर महानगरपालिकाले जनाएको छ । 

null

बिहान मङ्गलबजार पुग्नुभएका प्रधानमन्त्री हुन सेनले झण्डै एक घण्टा पाटन दरबार क्षेत्रमा रहेका सांस्कृतिक र ऐतिहासिक स्मारकको अवलोकन गरेका थिए । उनले हिरण्यवर्ण महाविहारमा पूजासमेत गरेका थिए । 

 

प्रधानमन्त्री सेनको स्वागतका लागि महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख गीता सत्याल, विभिन्न वडाका पदाधिकारीलगायत उपस्थित थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *